प्रधानमन्त्रीद्वारा उद्योण बाणिज्य महासंघको नव निर्वाचित नेतृत्वलाई बधाई

प्रधानमन्त्रीद्वारा उद्योण बाणिज्य महासंघको नव निर्वाचित नेतृत्वलाई बधाई

  • बिहिबार, चैत्र ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

चैत्र ३१, काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल उद्योण बाणिज्य महासंघको नव निर्वाचित केन्द्रीय कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा उद्योण बाणिज्य महासंघको नव निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले बधाई ज्ञापन गर्नु भएको हो । प्रधानमन्त्रीले महासंघमा केही गरौ भन्ने भावनाद्वारा प्रेरित नमूनायोग्य टिम नेतृत्वमा आएकोमा खुशी व्यक्त गर्दै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
प्रधानमन्त्रीले सरकार र निजी क्षेत्रबीच जति सहकार्य हुन सक्छ, त्यति छिटो विकास र सम्वृद्धिमा जान सकिने बताउँदै देशमा राजनीतिक स्थिरता हुनासाथ विकास र निर्माणको गति पैदा हुने बिश्वास व्यक्त गर्नु भयो । उहाँले आगामी बजेट निजी क्षेत्र मैत्री हुने वताउँदै पुराना ऐन कानूनमा समयानुकूल परिमार्जन गर्दै लगिने जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी