तेह्रौँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला वैशाखमा

तेह्रौँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला वैशाखमा

  • बुधबार, चैत्र ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ, ३० चैत । वैशाख ७ देखि ११ गतेसम्म काठमाडौँस्थित भृकुटीमण्डपमा तेह्रौँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा ‘तेह्रौँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी– २०७४’ प्रदर्शनी हुन् लागेको हो ।

महासङ्घले आज पत्रकार सम्मेलन गरी नेपाली उद्योगको संस्थागत विकास, लघु, घरेलु तथा साना उद्योगमा प्रविधि प्रतिस्थापन, व्यवसायी क्षमता विकासमा प्रदर्शनी गर्न लागिएको जानकारी दिएको हो ।

महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु तथा साना उद्योग प्रविधि प्रयोग र अन्य क्षमताका हिसाबले प्रतिस्पर्धा बन्न नसकेको भन्दै उद्योग क्षेत्रमा प्रविधिको विकासका लागि प्रदर्शनीले ठूलो सहयोग पुग्ने बताउनुभयो । उहाँले प्रदर्शनीले अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पार्नुभयो ।

महासङ्घका महासचिव डम्बरप्रसाद रेग्मीले ६० वटा नवीन प्रविधिसहित २०० भन्दा बढी प्रदर्शनी कक्ष राखिने जानकारी दिनुभयो । उहाँले चीन, भारत, पाकिस्तान, बङ्गलादेशलगायत छिमेकी मुलुकमा उत्पादित वस्तुसमेत प्रदर्शनमा राख्न लागिएको बताउनुभयो ।

पाँच दिनसम्म चल्ने मेलामा एक लाखभन्दा बढीले अवलोकन गर्ने र रु छ करोड बराबरको कारोबार हुने आयोजकले जनाएको छ । मेलाको तयारी अन्तिम चरणमा पुगेको महासङ्घले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी