महासङ्घमा नवनिर्वाचित कार्यसमितिद्धारा पदभार ग्रहण

महासङ्घमा नवनिर्वाचित कार्यसमितिद्धारा पदभार ग्रहण

  • बुधबार, चैत्र ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, ३० चैत । नेपाल उद्योग वाणिज्य महासङ्घमा नवनिर्वाचित कार्यसमितिले आज पदभार ग्रहण गरेको छ ।

महासङ्घको सभाकक्षमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारकाले नवनिर्वाचित अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहितको कार्यसमितिलाई पदभार ग्रहण गराउनुभएको हो ।

मङ्गलबार महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष राणा अध्यक्षमा, वरिष्ठ उपाध्यक्षमा गोल्छा, उपाध्यक्षहरु उद्योग वाणिज्य समूहमा प्रमोद श्रेष्ठ, वस्तुगत समूहमा उमेशलाल श्रेष्ठ र एसोसिएट समूहमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको थियो ।

पदभार ग्रहण गर्दै अध्यक्ष राणाले महासङ्घलाई सिङ्गो निजी क्षेत्रको सशक्त संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आजै कार्यकारिणी समितिको सदस्यमा ज्ञानेन्द्रलाल प्रधानलाई चयन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी