सम्पूर्ण सुविधासहित पर्यटकीय बस सञ्चालनमा

सम्पूर्ण सुविधासहित पर्यटकीय बस सञ्चालनमा

  • मङ्लबार, चैत्र २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, चैत्र २९ ।
नेपालको आन्तरिक एवं बाह्य पर्यटकलाई लक्षित गर्दै ट्राभल्स नेपाल बस सर्भिस (प्रा.)लि.ले नयाँ सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ ।
सञ्चालनमा ल्याइएको उक्त नयाँ बसमा चर्पी, रेष्टुराँ,सहितको सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसनसमेतको व्यवस्था गरेको छ ।

यात्रुहरूको चाहना, सुरक्षा र सुविधालाई मध्यनजर गर्दै काठमाडौंदेखि लुम्बिनी र काठमाडौंदेखि पोखरासम्मका लागि हाल चार वटा बस सञ्चालनमा ल्याइएको प्रालिका सञ्चालक दिपक भट्टराईले जानकारी दिँदै यात्रुहरूको चाहनालाई हेरेर अब चाँडै नै थप पाँच वटा बस पनि सञ्चालन गर्ने जानकारी दिए ।

सो सेवाको सोमबार उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पर्शुराम तामाङले यस्तो बस सञ्चालनले नेपालको पर्यटन विकासमा थप टेवा पुग्ने बताउँदै उनले भने, ‘उक्त बस लुम्बिनी र पोखरामा मात्र नभई अरू पर्यटकीय गन्तव्यमा समेत पुर्‍याउनु आवश्यक छ ।’

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले समयको मागअनुसार सेवा प्रदान गरेको भन्दै यसको विकास र विस्तारमा लाग्नु जरुरी रहेको बताए ।
प्रालिका अध्यक्ष श्रीकान्त आचार्यले नयाँ बसबाट यात्रा गर्न चाहनेहरूका लागि मोबाइल एप्स र ई–सेवामार्फत टिकट काट्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनकाअनुसार भोलि बुधबारदेखि लुम्बिनी र पोखरामा एकसाथ बस सञ्चालन गरिने भएको छ ।

उनले बसभित्र तातो, चिसो खानेकुरा सुविधासँग खान र पिउनका लागि फोल्डेवल सेवन जडित गरिएको र धुम्रपानको बानी भएका यात्रुको लागि छुट्टै ठाउँको व्यवस्थासमेत रहेको बताए ।

२७ जनाको सिट क्षमता रहेको उक्त बस चढ्नेले काठमाडौं–पोखराका लागि १७ अमेरिकन डलर र काठमाडौं–लुम्बिनीका लागि २५ अमेरिकन डलर भाडा तिर्नुपर्ने हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी