उद्योग वाणिज्य महासंघको साधारणसभालाई सम्बोधन गर्दै प्रम दाहालद्वारा बुद्ध एयरलाई एफएनसीसीआई गोल्ड अवार्ड

उद्योग वाणिज्य महासंघको साधारणसभालाई सम्बोधन गर्दै प्रम दाहालद्वारा बुद्ध एयरलाई एफएनसीसीआई गोल्ड अवार्ड

  • सोमवार, चैत्र २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, चैत्र २८ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभालाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्दै बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतलाई एफएनसीसीआई गोल्ड अवार्डबाट सम्मानित गरेको छ ।

उनले उक्त कार्यक्रमा बोल्दै मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि निर्यात व्यापारमा शून्य करको अवस्था रहेको सन्दर्भमा संघीय प्रणालीमा मुलुक भित्रै वस्तु, सेवा र पूजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने व्यवस्था गरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्ने बताएका थिए । उनले संघीय प्रणालीमा सरकारका तहबीच दोहोरो कर नलाग्ने र जिम्मेवारीको बाँडफाँडका कारणले दुई वा सोभन्दा बढी तहमा उद्योगी व्यवसायीले व्यहोर्नु पर्ने प्रकृयागत झन्झट कम गर्न सरकारले सचेत भएर काम गर्ने विश्वाससमेत दिलाएका थिए ।

प्रधानमन्त्रीले आफू नेतृत्वमा सरकार बने पछि आर्थिक परिसूचकहरू सकारात्मक दिशामा अघि बढेको, उद्योग व्यवसायको प्रवद्र्धन र सर्वसाधारणको सुविधाका लागि उपलब्ध विद्युतको कुशल व्यवस्थापन गर्दै लोडसेडिङ क्रमशः अन्त्य गर्दै लगिएको, देशमा लगानीको वातावरण बनाउन औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धी कानून तर्जुमा गरिएको, वित्तीय क्षेत्रको सुदृढीकरण गर्न वाफिया सम्वन्धी ऐन पारित भइसकेको, मुलुकका राष्ट्रिय गौरवका आयोजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइएको, रुग्ण उद्योगलाई पुनस्र्थापना गर्ने र लगानीका लागि अवरोधका रूपमा रहेका प्रशासनिक हडलहरू हटाउने लगायत थुप्रै कार्यहरू अगाडि बढाइएको जानकारी दिए ।

प्रम दाहालले मुलुकभरबाट भेला भएका उद्यमी व्यवसायी मित्रहरूमा मुलुकको आर्थिक समृद्धिमा तपाईहरूको क्रियाशीलता अझ बढ्न सकोस भन्ने शुभकामना समेत दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी