घिसिङ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्डबाट सम्मानित

घिसिङ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्डबाट सम्मानित

  • सोमवार, चैत्र २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ ,२८ चैत ।

नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्डबाट सम्मानित हुनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ५१ औं वाषिर्क साधारणसभाको अवसर पारेर सार्वजनिक सेवामा सर्बोत्कृष्ट काम गरेको भन्दै घिसिङलाई सम्मान गरेको हो ।

यसवर्ष देशमा ब्याप्त उर्जा संकटलाई पार लगाउने दिशामा महत्वपूर्ण काम गरेकोले घिसिङलाई सम्मान गरिएको महासंघको भनाई छ ।

घिसिङले सार्वजनिक सेवामा काम गर्दा जनताको मनोभावनाअनुसार आफ्नो अधिकतम् प्रयासबाट प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्छ भन्ने ‘ट्रेण्ड सेट’ गरेको ठहर महासंघको ठहर छ ।

घिसिङसँगै विभिन्न क्षेत्रका ब्यक्तित्वलाई पनि महासंघले ‘ट्रेण्ड सेटर गोल्ड अवार्ड’बाट सम्मान गरेको छ । वित्तक्षेत्रमा ट्रेण्ड सेटरको अवार्ड हिमालय शमशेर जबराले प्राप्त गर्नुभएको छ । उहाँ नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर समेत हुनुहुन्छ ।

त्यसैगरी पर्यटन क्षत्रेको टे्रण्ड सटरको अवाडबार्ट कर्ण शाक्य ,उडड्यन क्षेत्र ट्रेण्ड सेटरको अवार्ड बिरेन्द्रबहादुर बस्नेत र मनोरञ्जन क्षत्रेको अवार्डबाट क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन सम्मानित हुनुभएक छ ।

यसैगरी महासंघले आईटी क्षत्रेको ट्रेण्ड सेटरका अवार्ड रुद्रराज पाण्डेलाई दिएको छ भने शिक्षातर्फ सुरेशराज शर्मा, स्वाथ्यमा सन्दुक रुइत, समाजिक क्षेत्रमा अनुराधा काइरालाले ट्रेण्ड सेटरको आवर्ड प्राप्त गरेका छन् ।

मरोणरान्त सम्मानबाट बिराटनगर जुट मिल्सका संस्थापक रामलाल गोल्छा सम्मानित हुनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी