काठमाडौं, चैत २७।
आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । सुन तोलाको ५४ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यो महिना लागेसँगै सुनको कारोबार घटेको छ ।
गत महिना दैनिक ३० किलोको सुनको माग भएकोमा यो महिना २० को हाराहारीमा झरेको हो । माघ महिनामा सुनको माघ धेरै भए पनि अभाव हुँदा कारोबार प्रभावित भएको थियो ।
अहिले चुनावको चहलपहल सुरु भएकाले पनि सुन चाँदीको कारोबार घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
यो महिना विवाहको अफ सिजन भएकाले पनि कारोबार घटेको उहाँले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline