आवधिक योजनाले जीवनस्तरमा सुधार : लक्ष्य हासिल गर्न बाँकी

आवधिक योजनाले जीवनस्तरमा सुधार : लक्ष्य हासिल गर्न बाँकी

  • आइतवार, चैत्र २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, २७ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवधिक विकास योजनाले जीवनस्तरमा सुधार देखिए पनि त्यसका लक्ष्य हासिल गर्न बाँकी रहेको बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको ‘मुलुकको रणनीतिक दिशा’ विषयको कार्यशालाको उद्घाटन गर्दै उहाँले आवधिक विकास योजनाका उद्देश्य हासिल गर्न बाँकी नै रहेको बताउनु भएके हो ।

उहाँले वर्तमान समय मुलुक जनताको समृद्धिका लागि सामाजिक आर्थिक बलियो आधार बनाउने बेला भएको धारणा राख्नुभयो ।

सन् २०३० सम्म नेपालले मध्यआय भएको मुलुकको सूचीमा पुग्ने उद्देश्य राखेको बताउँदै उहाँले त्यसका लागि उच्च आर्थिक वृद्धि, आर्थिक समानता र सन्तुलित विकास प्रक्रियाका समान अवसर हासिल गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्री, पूर्वअर्थमन्त्री, अर्थ्विद्, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्य सचिव तथा मलेसियाको विकास प्रस्तुति व्यवस्थापन र वितरण एकाइका पदाधिकारी तथा विज्ञ सदस्यको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी