पर्यटक भित्र्याउन ‘अतिथि देवो भवं ’अभियान सञ्चालन गर्ने

पर्यटक भित्र्याउन ‘अतिथि देवो भवं ’अभियान सञ्चालन गर्ने

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ , चैत्र २६ ।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा एनआरएनएले नेपालमा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले ‘अतिथि देवो भवं’ अभियान सञ्चालन गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैर आवाशिय नेपाली संघ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाको सहकार्यमा अभियान शुरु गर्न लागिएको हो ।
अभियानको पहिलो चरणमा भोली काठमाडौ सहित चितवनको सौराहा, पोखरा र लुम्बिनीमा एकैपटक ‘नमस्ते अभियान’ को शुभारम्भ गरिने पर्यटन बोर्डले जनाएको छ ।
हाल विश्वका ७५ देशमा एनआएनए को राष्ट्रिय समन्वय परिषद रहेकोले सो परिषदमार्फत विभिन्न देशमा एक जना एनआरएनएले तीन जना पर्यटकलाई नेपाल पठाउने लक्ष्य अभियानको रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको नेपाल पर्यटन प्रबर्द्धन समितिका अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो ।
आर्थिक समृद्धिका लागि पर्यटन महत्वपूर्ण आधार भएकोले यसको प्रवर्द्धनका लागि यो अभियान कोशेढुङ्गा साबित हुने भट्टले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी