सबै अस्थायी शिक्षकलाई स्थायी गर्न माग

सबै अस्थायी शिक्षकलाई स्थायी गर्न माग

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, २६ चैत ।

सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरु फेरी आन्दोलीत भएका छन् उनीहरुले शतप्रतिशत दरबन्दीमा आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने र हाल शिक्षा ऐन (आठौँ संशोधन) ऐन बमोजिम ४९ प्रतिशत अस्थायीका लागि खोलिएको शिक्षक सेवा आयोगको विज्ञापन खारेज गर्न माग गरेका छन् ।

आयोगको विज्ञापनविरुद्धमा आज शुक्रवार विरोध ¥याली गर्दै उनीहरुले अस्थायी शिक्षकले परीक्षा वा सुविधामध्येको विकल्पमा नभई सबै अस्थायीलाइ कार्यरत दरबन्दीमा आन्तरिक प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्न आवाज उठाएका हुन् ।

पुनरुत्थान पार्टी नेपालको अगुवाइमा आयोजित ¥याली शान्तिबाटिकाबाट सुरु भई बागबजार, पुतलीसडक, कान्तिपथ, केशर महल, दरबारमार्ग हुँदै पुनःशान्तिबाटिकामा कोणसभा गरी सम्पन्न भएको थियो ।

अधिवक्ता कोषराज काफ्लेले राजतन्त्रलेसमेत दिएको अस्थायी शिक्षकको अधिकार लोकतन्त्रमा दलले खोसेको आरोप लगाउनुभयो ।

पार्टीका अध्यक्ष गोविन्दबहादुर पौडेलले अहिलेको विज्ञापन खारेज गरेर अस्थायी शिक्षकको शतप्रतिशत दरबन्दीमा पुनःअर्को आन्तरिक विज्ञापन नखोलेसम्म आन्दोलन जारी रहने उद्घोष गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी