काठमाडौँ, २५ चैत ।
हुलाक सेवा विभागले अबदेखि विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा पु¥याउने भएको छ ।
विभागद्धारा आज आफ्नै प्राङ्गणमा आयोजित अन्तक्र्रियामा विभागका महानिर्देशक सुरेश अधिकारीले हुलाकीमार्फत घरघरमा पैसा पु¥याउनका लागि जतिसक्दो चाँडो कार्यविधि बनाउने तयारी भईरहेको बताउनु भयो ।
कार्यविधि बने लगत्तै विदेशबाट नेपालीले पठाएको जति सुकै एमाउन्टको रकम हुलाकमार्फत त्यसलाई उनीहरूको घरघरमा वा आफन्तसम्म पु¥याउने उहाँको भनाई छ ।
आइएमइसँगको समन्वयमा आइएमइमा पठाएको पैसा विभागको हुलाक बचत बैंक र जिल्ला हुँदै घरघरमा पु¥याइने जानकारी दिदै निर्देशक अधिकारीले आगामी आर्थिक वर्षबाट यो कार्यक्रम केही जिल्लाबाट सुरु गरिने बताउनुभयो ।
हाल हुलाक सेवा विभागको ६५ जिल्लामा कार्यालय रहेको छ । विभागकाअनुसार सङ्घीय संरचनाअन्तर्गत प्रत्येक स्थानीय तहमा एउटा हुलाक कार्यालय स्थापना गर्ने र त्यहाँ हुलाक बचत बैंक पनि स्थापना गरिनेछ ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाकीमार्फत घरघरमा पैसा पठाउनेबारे मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यस बारे कार्य्विधि बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री कार्कीले हुलाक सेवाको पुनःसंरचना गर्दै सबै हुलाक कार्यालयलाई प्रविधियुक्त बनाउने मन्त्रालयको योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।