काठमाडौँ, २५ चैत ।
एनआइसी एसिया बैंकले विभिन्न स्थानमा एकै साथ पाँच नयाँ शाखा स्थापना गरेको छ ।
बैंकले नवलपरासीको बर्दघाट, पाल्पाको तानसेन, कैलालीको लम्की र टीकापुर तथा धनुकटाको हिलेमा शाखा स्थापना गरेको हो । ती शाखाको आज एक समारोहबीच उद्घाटन गरिएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline