काठमाडौ २२ चैत्र ।
नेपाल आयाल निगमले आजदेखि मुलुकभर यूरो ४ मापदण्डको पेट्रोल विक्री वितरण गर्दैछ । काठमाडौं उपत्यकामा हिजैदेखि युरोफोर गुणस्तरको पेट्रोल विक्री गर्दै आएको निगमले आजदेखि उपत्यका बाहिर पनि वितरण थालिएको हो ।
आजदेखि उपत्यकासहित चितवन, नेपालगञ्ज, विराटनर, धनगढी, भैरहवा लगायतका मुख्य शहरमा युरो ४ गुणस्तरको पेट्रोल विक्री वितरण सुरु गरिएको निगमले जनाएको छ ।
आजदेखि यातायात सहज भएका सवै स्थानमा यूरोफोर गुणस्तरको पेट्रोल विक्री भएको निगमका प्रवक्ता सितारम पोखरेलले जानकारी दिनुभयो । यसअघि नेपालमा यूरो ३ गुणस्तरको पेट्रोल विक्री भईरहेको थियो ।
भारतीय आयल कर्पोरेशन आईओसीले आफ्ना रिफाईनरीबाट पुर्ण क्षमतामा यूरो ४ मापदण्डको तेल प्रशोधन कार्य शुरु गरिसकको छ । नयाँ मापदण्डको पेट्रोलले सवारी साधनको इन्जिनलाई पुर्ण क्षमतामा राख्ने, धुवाँलाई कम गर्न सहयोगी हुने र न्यून प्रदुषणयुक्त मानिन्छ ।
विकसित मुलुकमा प्रयोग हुँदै आएको सो मापदण्डको पेट्रोल नेपालमा भने ढिलो गरि मात्रै आयत हुन लागेको हो । मुलुकमा दैनिक १० लाख लिटर हाराहारीमा पेट्रोल खपत हुँदै आएको छ ।