नेपाल टेलिकम बागलुङले निःशुल्क सीम बाँड्दै

नेपाल टेलिकम बागलुङले निःशुल्क सीम बाँड्दै

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

बागलुङ, २२ चैत ।
नेपाल टेलिकम बागलुङले आफ्ना ग्राहकलाई निःशुल्क रूपमा सीमकार्ड वितरण गरेको छ । बाग्लुङमा जारी चैत्राष्टमी मेलामा ‘स्टल’ नै राखेर टेलिकमले प्रिप्रेड मोबाइलको सीमकार्ड बाँडेको हो । दुई दिनमै एकहजार भन्दा बढीले सीमकार्ड लगेको टेलिकम कार्यालयले जनाएको छ ।

भोलीसम्म मेला भर्न आउने दर्शकलाई निःशुल्क रूपमा सीमकार्ड उपलब्ध गराइने कार्यालय प्रमुख केशव शर्माले बताउनुभयो । ग्राहकले एकप्रति फोटो र नागरिकताको प्रतिलिपि मात्र बुझाएर रु ५० ‘ब्यालेन्स’ भएको सीमकार्ड निःशुल्क पाएका छन् ।

‘बजार प्रबद्र्धनको लागि र ग्राहकको सुविधाका लागि निःशुल्क रूपमा सीमकार्ड वितरणको व्यवस्था मिलाएका कार्यालय प्रमुख शर्माले बताउनु भयो ।

मेला हेर्न आएको बेला अघिपछि रु एकसय पर्ने सीमकार्ड निःशुल्क रूपमा लान पाएपछि ग्राहाक खुसी छन् । बागलुङ नगरपालिका– १२ कि बिमाया परियारले नेपाल टेलिकमले ग्राहाकको मन जित्ने काम गरेको प्रतिक्रिया दिनुभयो । उहाँले मेलास्थलमै निःशुल्क सीमकार्ड पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

सीमकार्डको ‘स्टल’ मा फाराम भर्ने र सीमकार्ड लिने ग्राहकको भीड लागिरहेको टेलिकमका कर्मचारीले बताएका छन् । मेला, महोत्सवमा यसरी नै निःशुल्क रूपमा सीमकार्ड उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो । टेलिकमले नयाँ मोबाइल टावर राखिएका ठाउँमा पनि केही दिनको ‘क्याम्प’ राखेर निःशुल्क सीमकार्ड बाँड्ने गरेको छ ।

जिल्लाको तमान लगायतका ठाउँमा निःशुल्क सीमकार्ड वितरणको ‘क्याम्प’ राख्ने तयारी भएको टेलिकम कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी