दाङ, २१ चैत ।
सिँचाइमन्त्री दीपक गिरीले कुनै पनि प्रकारको ढिलाइ नगरी यथाशक्य चाँडो निर्माण सम्पन्न गर्न निर्देशन पनि दिनुभएको छ ।
दाङमा निर्माण भइरहेका विभिन्न सिँचाइ योजनाको अनुगमन तथा निरीक्षण गरि मन्त्री गिरीले सँचाइ योजना छिटोछरितो र गुणस्तरीय निर्माणका लागि सम्बन्धीत सबै पक्षसँग आग्रह गर्नुभयो ।
उहाँले दाङको धनौरीस्थित बुढा डावरका सिँचाइ डिपबोरिङ, हेकुलीस्थित सुकदेवाका सिँचाइ कुलो, हस्नापुर क्वाङखोलाको सिँचाइ कुलो र तुलसीपुर उपमहानगरपालिका–१० स्थित पड्ढा तालको अवस्थाका बारेमा स्थलगत अवलोकन गरी कार्यप्रगतिका बारेमा चासो लिनुभएको थियो ।
यसैगरी मन्त्री गिरीले प्राथमिक स्वास्थ्य केन्द्र बागरको पनि स्थलगत निरीक्षण तथा अवलोकन गर्दै यस केन्द्रलाई अस्पतालका रुपमा विकास गर्न सके पश्चिम दाङका जनतालाई स्वास्थ्य सेवामा धेरै नै सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।