नोट सटहिबारे निर्णय गर्न ४ सदस्यीय भारतीय टोली नेपाल आउदै

नोट सटहिबारे निर्णय गर्न ४ सदस्यीय भारतीय टोली नेपाल आउदै

  • शनिबार, चैत्र १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाण्डौ ,१२ चैत ।

नेपालमा रहेका भारतीय प्रतिबन्धीत १ हजार र ५ सयको नोट सटहिबारे जानकारी लिन आज भारतीय टोलि नेपाल आउदै छ ।
भारतीय अर्थ मन्त्रालय र रिजर्भ बैंक अफ ईन्डिया (आरबीआई) को ४ सदस्यीय टोली आज अपरान्ह नेपाल आउन लागेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले गत नोभेम्बर ८ मा राष्ट्रका नाममा संबोधन गर्दै ५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि यसको प्रभाव परेको थियो ।

भारतले अचानक नोटमाथि प्रबिन्ध लगाएपछि नेपालमा रहेका नोटहरु सटहि नहुँदा व्यावसायी र सर्वसाधारण मर्कामा परेका थिए ।

भारतमा डिसेम्बर ३० सम्म प्रतिबन्धीत नोट सटहिका लागी समय दिएपनि नेपालमा भने लागु भएको थिएन ।
नेपाल आउन लागेको उक्त टोलीले आजै अपरान्ह राष्ट्र बैंकका पदाधिकारीसँग नोट सटहिबारे छलफल गर्नै छ ।

भारतीय टोलीले नेपालमा रहेको प्रतिबन्धित नोटबारे बुझ्ने र सटहिको व्यावस्थाबारे बुझ्ने र सटहिको व्यावस्थाबारे निर्णय गर्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपालमा व्यावसायी र सर्वसाधारणबाहेका बैंक तथा बित्तिय सस्थामा मात्रै ३ करोड हाराहारीमा भारतीय प्रतिवन्धित १ हजार र ५ सयका नोट रहेको राष्ट्र बैंकका सहप्रवत्ता राजेन्द्र पण्डितले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी