आवास निर्माण गर्न पाँच करोड ८३ लाख वितरण

आवास निर्माण गर्न पाँच करोड ८३ लाख वितरण

  • शनिबार, चैत्र १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, ११ चैत ।
भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका तीन सय ८९ घरधुरीलाई हालसम्म निजी आवास निर्माण गर्न नेपाल रेडक्रस सोसाइटीले दोस्रो किस्ताको बापतको रकम वितरण गरेको छ ।

दोस्रो किस्ताबापतको रु एक लाख ५० हजारका दरले हालसम्म रु पाँच करोड ८३ लाख वितरण गरेको सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमले जनाएको छ ।

विभिन्न देशका रेडक्रसका आर्थिक एवम् प्राविधिक सहयोगमा कार्यक्रमले ती जिल्लाका ६ हजार भन्दा बढी घरपरिवारलाई आवास निर्माणलगायत खानेपानी, सरसफाइ, जीविकोपार्जन, आयआर्यजन, प्राथमिक स्वास्थ्यलगायतका क्षेत्रमा प्राविधिक तथा आर्थिक सहयोग जारी राखेको छ ।

पुनःनिर्माण प्राधिकरणले दोस्रो किस्ता वितरणका लागि जारी निर्देशिका एवम् कार्यविधि अनुसार सोसाइटीले रकम प्राप्त गर्न योग्य रहेका भूकम्पप्रभावितलाई आवास निर्माण गर्न रकम उपलब्ध गराउने कार्य जारी राखेको छ ।

उक्त कार्यक्रमले ती जिल्लाका ६ हजार ३५० भन्दा बढी परिवारलाई पहिलो किस्ता रु ५० हजारका दरले रु ३१ करोड ८ लाख वितरण गरिसकेको जनाएको छ । प्राधिकरणको आवास अनुदान नीतिअनुसार कार्यक्रमले तीन लाख सहयोग गर्ने जनाएको छ ।
कार्यक्रमकाअनुसार नुवाकोट, रसुवा, रामेछाप, सिन्धुपाल्चोक, मकवानपुर, धादिङलगायतका जिल्लामा दोस्रो किस्ता रकम वितरण जारी छ । अमेरिकन रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा भूकम्पप्रतिकार्य कार्यक्रमले नुवाकोटको काउले र भाल्चे गाउँविकास समितिमा एक हजार ९५८ निजी आवास निर्माण गर्न सहयोग गर्दैछ ।

हालसम्म ती दुई गाविसमा अधिकांश अर्थात् एक हजार ९०५ले पहिलो किस्ता वापतको रकम प्राप्त गरिसकेका छन् । पहिलो किस्ता प्राप्त गर्नेमध्ये मापडण्ड पुगेकालाई दोस्रो किस्ताबापतको रकम वितरण गर्ने कार्य जारी रहेको कार्यक्रमले जनाएको छ । अर्काेतर्फ आवास निर्माण गर्न कार्यक्रमले १४ जिल्लाका स्थानीयवासीलाई कालीगढको तालिमसमेत दिने कार्य लगभग सम्पन्न गरिसकेको छ । कार्यक्रमले १४ वटै जिल्लामा हालसम्म चार हजार २०० भन्दा बढीलाई घर बनाउने सीप (कालिगढ) को तालिम प्रदान गरिसकेको जनाएको छ ।

नेपाल रेडक्रसले उपलब्ध गराएको कालिगढ तालिम लिएका नुवाकोट काउले गाविसका मैनसिंह तामाङले आफ्नो घर आफंै बनाउँदै हुनुहुन्छ र अरू धेरैलाई घर निर्माण गराउन पनि सहयोग गरिरहनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी