भक्तपुरका ब्यवसायीको चेतावनी : साझा बस भक्तपुर भित्रयाए ग्रामीण भेगका रुट अवरुद्ध पारिने

भक्तपुरका ब्यवसायीको चेतावनी : साझा बस भक्तपुर भित्रयाए ग्रामीण भेगका रुट अवरुद्ध पारिने

  • सोमवार, चैत्र ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

भक्तपुर, ७ चैत ।

भक्तपुरका यातायात ब्यवसायीले भक्तपुरमा साझा बस भित्र्याए ग्रामीण भेगका सम्पूर्ण रुट ठप्प पार्ने चेतावनी दिएका छन् ।

रफत सञ्चार क्लवमा आज पत्रकार सम्मेलन गर्दैै ब्यवसायीहरुले साझा यातायातले शहरी भेगमा मात्र रुट सञ्चालन गर्न लागेकोमा विरोध जनाउँदै यदि यसो भए भक्तपुरका ग्रामीण भेगमा सवारी ठप्प पार्ने चेतावनी दिएका हुन् । उनीहरुले साझा बससँगको प्रतिपस्र्धा भन्दा पनि सरकारले धोका दिएको आरोप लगाए ।

भक्तपुर मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समिति अन्र्तगत १७ रुटका ३ सय ३७ बस सञ्चालनमा रहेपनि यात्रुहरुको सेवालाई ध्यान दिएर थप ४० वटा साझा बससरहका बस ल्याउने तयारी पुरा भईसकेको भन्दै साझा बस भित्रीए ग्रामीण रुट ठप्प पार्ने बताए । उनले ग्रामीण भेगमा घाटा सहेर पनि यातायात सञ्चालन गरिरहेका समितिले समय अनुसार आफ्नो सेवालाई सक्षम र साझा भन्दा पनि राम्रो बस ल्याउन लागेकाले सरकारले समेत सोच्नु पर्नेमा जोड दिए ।

उनले सरकारले पहिला भक्तपुरमा साझा बस नपठाएको र ब्यवसायीले साझा बस भन्दा सुबिधा सम्पन्न बस भित्राउन थाले पछि काठमाडौंमा घाटा भएका बस भक्तपुरमा पठाउन थालेको आरोप लगाउँदै उनले अगाडि भने हामी साझा बस भन्दा बढी सुबिधा दिन लाग्दा किन सरकारले बिवाद बढाएको हो बुझ्न सकेको छैनौं ।

कोटेश्वर पूर्व बस समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले मिनीबस सेवा समितिले ४१ सिट क्षमताको लामो बस ४० वटा आउन लागेको अवस्थामा काठमाडौको रुटमा घाटा भएपछि साझा बस भक्तपुर चलाउने कार्यको विरोध गरे । यदि भक्तपुर पठाउने साझा भक्तपुरका समितिले ल्याउन लागेको बस भन्दा अत्याधुनिक नरहेको समेत बताए ।

यात्रुहरुको सेवासुविधालाई ध्यान दिँर्दै समितिले प्रति मिनेटमा सेवा दिइरहेको ब्यवसायीको भनाइ छ । भक्तपुर मिनिवस सेवा समितिका पूर्व अध्यक्षहरु रामकाजी भुजू र राजन कसलवटले सरकारले सहकारीबाट ऋण लिएर सञ्चालनमा रहेका बसहरुलाई बन्द गराउँदै सहकारी समेत डुबाउने खेलमा लागेको आरोप लगाए ।

उनीहरुले भने सरकारले ६ लेन सडकलाई केन्द्रित गरेर साझा चलाउनु भन्दा ती साझा बस नेपालका दुर दराजमा सञ्चालन गरि नेपालीलाई सुबिधा दिनु पर्छ, भक्तपुरका हकमा समितिले नै सुबिधा सम्पन्न बस सञ्चालन गर्न सूक्ष्म रहेको भन्दै साझा भन्दा बढि सुबिधा भक्तपुरमा भित्र्न लागेका सवारीले प्रदान गर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी