मोरङ, ४ चैत ।
एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउको निर्यात पछिल्लो समय अमेरिकामा बढ्न थालेको छ ।
नेपालमा उत्पादित चाउचाउमा गुन्द्रुकको स्वाद पाईनेभएकाले पनि अमेरिकामा माग बढ्न थालेको उद्योगका प्रबन्ध निर्देशक महेशकुमार जाजूले बताउनुभयो ।
सुरुमा नेपालीको रोजाइ भए पनि अहिले अमेरिकी उपभोक्ताले समेत रुचाउन थालेको उहाँको भनाई छ ।
अमेरिकाजस्तो विकसित मुलुकमा नेपाली ब्रान्डको चाउचाउको माग हुनु गौरवको विषय भएको भन्दै जाजुले नेपाली परिकार गुन्द्रुकको स्वाद रहेकाले पनि यसको माग बढेको बताउनु भयो ।
अस्ट्रेलिया, दुबई र कतारमा समेत रमपम चाउचाउ निर्यात गर्न थालेको उहाँले बताउनुभयो ।
सुनसरीको सोनापुरमा उद्योगले रमपम चाउचाउ उत्पादन गरिरहेको छ । अहिले हरेक महिना पाँच लाख प्याकेट चाउचाउ अमेरिका निर्यात भइरहेको र आगामी छ महिनाभित्रमा १० लाख प्याकेट पु¥याउने तयारी भइरहेको सो उद्योगले जनाएको छ ।