खाना पकाउने एलपी ग्यासको मुल्य बढ्यो

खाना पकाउने एलपी ग्यासको मुल्य बढ्यो

  • शनिबार, फाल्गुन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ,२८ फागुन ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मुल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ ।

गएरातिदेखि लागु हुने गरी प्रति सिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्नेछ ।

यसअघि प्रति सिलिन्डर एलपी ग्यासको मुल्य १३ सय ५० रुपैयाँ थियो । खाना पकाउने ग्यासमा मूल्य बढे पनि पेट्रोल र डिजलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा ग्याँसको मूल्य बढेको भन्दै इन्डियन आयल कर्पोरेसनले पनि बृद्धि गरेको मुल्य अनुसार नै ग्यास नेपाल पठाएपछि मुल्य वृद्धि गरिएको निगमका प्रबक्ता सीताराम पोखरेलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी