रुद्र बहादुर खड़का
सिन्धुली, २७ फागुन । सिन्धुलीको खाङसाङ गा.वि.स का स्थानीय बासिन्दा हरु केरा खेति तर्फ लागेका छन् . पुस्तौ देखि गर्दै आएको अन्न वाली छोडेर त्यहाका स्थानीय किसानहरु केरा खेती गर्न तिर लागेका हुन् । उनीहरुको भनाइ अनुसार केरा खेती गर्दा कम परिश्रमले पनि धेरै राम्रो आम्दानि आर्जन गर्न सकिने भएकाले उनीहरु केरा खेतीमा आर्क्षित भएका हुन् । धान, मकै उब्जनी हुने खेतमा केरा खेतीको सुरुवात गरका हुन . पहिला उनीलाई जिस्क्याउने अरु मानिस हरु पनि उनले गरेको आम्दानि देखेर उनको व्यवसाय अंगाल्दै छन् ।
२०७२ साल मंसिर महिना को अन्तिम मा ओखलढुङगाको टोक्सेल र बलखुबाट करिब दुइ सय केराको गाना किनेर ल्याएको भएपनि उपयुक्त ज्ञान नहुँदा ६० वटा विरुवा मरेको केरा खेती सुरु गर्ने किसान पहाडीको बताए । पाहाडी का अनुसार उनले सुरुमा हाईव्रिट तिनचम्पा जातको केरा प्रति ल्याएका थिए जसको मूल्य प्रति गाना एक सय रुपैया परेको थियो . आफुलाई अन्न वालीमा नियमित गर्नु पर्ने दुःख र उपलब्धि कम भएको हुँदा पहिलो पटक २ रोपनी जग्गामा केरा लगाएको उनको भनाई छ ।
यो जातको केरा मा एक घरीमा ८ देखी १५ काईयो सम्म केरा फल्ने भएकाले यो जातको केराबाट निकै आम्दानी लिन सकिने कुरा कृषक ले जानकारी दिए । एक काईयो मा करिव १५ देखी २५ कोसा सम्म लाग्ने भएकाले किसानले एक बर्ष देखी १६ महिनाको अवधि भित्र मा फाइदा लिन सकिने भएको हुदाँ अहिले पहिलो लटमा तिन लाख सम्म आम्दानी हुने अड्कल पहाडिको रहेको छ ।
पुरानो खेतिमा दुइ रोपनी जग्गामा फलेको अन्नले परिवार लाइ छ महिना पनि खान नपुग्ने गरेको र केरा खेतीबाट तिन लाख सम्म आम्दानी लिन सकिने भएपछि परपरिवारकोलागि खर्च गर्न पुगेको छ पहाडीले बताए । पहाडीको काम लाइ देखेर त्यहाका अन्य किसान समेत आकर्षित भएका छन् तर केरा उत्पादन पछी ब्यबस्थित बजार को ब्याबस्था गर्न सरकार ले जोड दिनु पर्ने किसान हरुको भनाइ छ ।