जापानमा रहेका तामाङ कलाकारहरुको पहलमा तामाङ कलाकार संघ जापान गठन

जापानमा रहेका तामाङ कलाकारहरुको पहलमा तामाङ कलाकार संघ जापान गठन

टासी लामाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन

  • बिहिबार, फाल्गुन २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

काठमाडौ २६ फागुन ।
तामाङ भाषा, धर्म सस्कृति र कलाको जगेर्ना गर्ने उदेश्य सहित विविध कारणबस जापानलाई आफ्नो कर्मथलो बनाएका तामाङ कलाकारहरुको पहलमा नेपाल तामाङ कलाकार संघ जापान गठन गरिएको छ ।

राजधानी टोक्योमा हिजो सम्पन्न प्रथम अधिवेशनले टासी लामाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको हो । संघको उपाध्यक्षमा जापनमा क्रियाशिल गायक कर्म दोङ तामाङ् चुनिनु भएको छ ।

यस्तै महासचिवमा राज कुमार तामाङ् र सचिवमा सोम लामा तथा कोषाध्यक्षमा सम्झना लामा चयन हुनु भएको छ भने सह कोषाध्यक्षमा पूर्णसिंह तामाङ रहेका छन् ।

संघको सदस्यहरुमा विश्व लामा, सम्झना योन्जन, मेनुका योन्जन, सुमन थिङ, सोनम सरगम तामाङ, अशिवर तामाङ, गोविन्द लामा, साइना तितुङ, प्रिति तितुङ, प्रवेशना लामा, एलिना लामा र छबि लामा, स्मृति मोक्तन, गौरव घिसिङ र सुरेश मोक्तन रहेका छन् ।

यसैगरी संघको सल्लाहकारमा शिक्षा शान्ति वाइबा, राजेन्द्र लामा र रेशम लामा मनोनित भएका छन । नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई सल्लाहाकार शिक्षा शान्ति वाइबाले शपथ ग्रहण गराउनु भएको थियो ।

“ह्याङ्ला ग्योअी ह्याङ्लान काअी, जाम्बुलीङरीन ल्हेना लाअी” भन्ने नाराका साथ कलाकारिता क्षेत्रलाई अझ फराकिलो बनाउदै तामाङ समुदायमा केही परिवर्तनशिल काम गर्ने उदेश्यले जापान बसाइमा रहेका तामाङ मूलका कलाकारहरूको सहभागितामा संघ गठन भएको गायक राजेन्द्र लामाले जानकारी दिनुभयो ।

अध्ययन तथा रोजगारीको शिलशिलामा जापानमा रहेर पनि तामाङ गीत संगीत तथा कला क्षेत्रलाई निरन्तरता दिँदै आएका कलाकारहरु संघमा आवद्ध छन् । संघ गठनसँगै जापानका विभिन्न शहरमा बसोबास गर्ने तामाङ कलाकारहरुलाई एकातृत गर्न सकिने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी