माध्यमिक शिक्षा परीक्षाका लागि एक हजार ९२३ परीक्षा केन्द्र

माध्यमिक शिक्षा परीक्षाका लागि एक हजार ९२३ परीक्षा केन्द्र

  • बुधबार, फाल्गुन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

भक्तपुर, २५ फागुन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आगामी चैत ३ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइइ० का लागि देशभर कुल एक हजार ९२३ केन्द्र निर्धारण गरेको छ ।

विगतका वर्षमा एसएलसी परीक्षाको रूपमा लिइँदै आएपनि यसवर्षदेखि एसइइ नाम दिएको कक्षा १० को अन्तिम परीक्षाका लागि केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनुभयो ।

परीक्षामा कुल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै उहाँले जसमा छात्र दुई लाख ५९ हजार ७३२ र छात्रा दुई लाख ७८ हजार ४५० रहेको बताउनुभयो ।

नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख भए पनि यसवर्ष भने एसइइ परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भए पछि कार्यालयले परीक्षाको तयारी अन्तिम चरणमा पु¥याएको छ ।

परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तर पुस्तिका र अन्य सामग्री जिल्लाजिल्लामा पु¥याई सकिएको जानकारी दिँदै परीक्षा नियन्त्रक रेग्मीले परीक्षाका लागि प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिने बताउनुभयो ।

कार्यालयका अनुसार चैत्र ३ गते अनिवार्य अङ्ग्रेजी, ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । प्राविधिकतर्फका विद्यार्थीको भने चैत्र १४ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा निर्धारित परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी