“गालि ओलिलाई होईन प्रचण्डलाई गर्नुपर्छ”

“गालि ओलिलाई होईन प्रचण्डलाई गर्नुपर्छ”

  • बुधबार, फाल्गुन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

 -सुसान आचार्य ,युएइ
भनिन्छ ‘नेपाल २ ढुँगा बिचको तरुल हो’ त्यसको पनि दक्षिणी ढुँगाचाहिं भने अलि हल्निने र हल्लाउने किसिमको देखियो मतलब प्रत्यक्ष वा परोक्ष रुपमा नेपालको सार्वभौमिकता माथि नै दखल दिने र नेपालको बिकाशमा आफ्नो बिनासको तरिकाले सोचेको जस्तो देखिन्छ यो ईतिहास देखि वर्तमान सम्मलाई नजर लगाउदा गर्दा प्रष्ट हुन्छ ।
पछिल्लो घटनाक्रमलाई हेर्ने र मुल्यांकगर्ने हो भने पनि संविधानसभाबाटै संविधान लेख्ने नेपालीको शत्ताब्दि देखिको चाहना अनुसार सदनबाट जारिगर्न लागेको संविधान आंफू अनुकूल नदेखे पछि रोक्न खोज्दा नमानेका नेपाली बिरुद्ध कठोर नाकाबन्दि गर्यो भारतले तर त्यही भारतको कठोर नाकाबन्दिको बिचमा प्रधान मन्त्री बनेका ओलीले के गल्ति गरेर त्यति बिधि झांको झारेर गाली गर्नु हामीले ? भुकम्पले गर्दा गोर्खा र धादिङमा पिउने पानि नपायर हाहाकार थियो १ गाग्रि पानिलिन कुपन लियर लाईनमा बसेका बेला भुकम्प पिडित माथि पाल तल पानिको ताल भै बसेका बेला समुद्रमा पानिजहाज चलाउने महत्वाकांक्षी गफ गर्नुभयो भन्ने न हो अरु त राम्रै हो।
   अरु त के नराम्रो गर्नुभयो र उहि कर्णालीमा सिटामोल खान नपायर मर्दै थिय मुस्तांगमा बाटों नभयर स्याउ कुहिर बजार ल्याउन सकियको थियन यस्तोमा गोरेटो र कच्ची बाटों बनाउन छोडेर रेल कुदाउने महत्वाकांक्षी योजना सुनाउनु भो भन्ने मात्र न हो। अरुत के नराम्रो गर्नुभयो राम्रै हो नि बरु उहि राज्यकोषको करोडौं पैसा कार्यकर्तालाई बाँडनु भो भन्ने हो आफ्नो कार्यकर्ता कसले पालिदिने त के नराम्रो गर्नुभयो र गालि गर्नै पर्ने यति सानो गल्तिमा ।
यहि हो कि कर्णाली भ्याउनु भयो भन्ने न हो अरु त राम्रै गर्नुभयो नि बरु प्रधानमन्त्री हुनु पहिले आफ्नै महाधिवेशनको भिडियो टेप भारत सम्म पुर्याउनु भो भन्ने हो एमालेको कार्यकर्ता मौन छन किन अरुले गालि गर्ने, २०५३ को सम्झौतामा शेर बहादुरसंग करोडौं हात थाप्नु भो र मात्रै नत्र के नराम्रो गर्नुभयो र, त्यसैले किन गाली गर्ने त । जसोतसो संविधान त बन्यो तर आदिवासी जनजाति ,मधेसी उत्पीडित र पिछडिएका जनताका मुद्दा सबै सम्बोधन भयन र केहि माग उठे अरु त के नराम्रो गर्नु भयो र बस उनीहरुलाई कुनै हालतमा अधिकार दिनै हुदैन भनेर अड्को थाप्दै संविधान लाई संसोधन हुन सम्म दिनु भयन बरु दसौ बर्स लडेर हजारौं जनताका छोराछोरीले बलिदान दियर ल्यायको गणतन्त्र ,धर्म निरिपेछ्यता र संघीयता माथी नै बारम्बार प्रहार गर्दै संघीयताले देश टुकीन्छ भन्ने भ्रम जनता मा छरेर उहाँ रास्ट्रबादी बन्नु भयो सबैको प्रिय बन्नु भयो । उहाले के नराम्रो गर्नु भयो र आफू प्रधानमन्त्री हुदा अफ्गानिस्तानमा मारियका नेपाली को लास उधारै भयनी नेपाल सम्म ल्याउनु भयो र आफ्नो पार्टीको नाम अघि सार्दै त्यही लास माथी नया राजनीतिक खम्बा गाड्नु भयो अरुत त्यस्तै हो उहालाई मान्नैपर्न काम भनेको बिदेशमा अलपत्र परेका नेपालीको भन्दा चासो उहालाई त्यो अबोध बालक गुगल ब्याइ (आदित्य दाहाल )प्रती थियो त्यसैले त करोडौं रुपैयाँ सुटुक्क बुझाउनु भयो ।
सुकुम्बासी बस्तीमा डोजर चल्दा उहाको ध्यान आफ्नो बर्थ्डे पार्टीमा थियो के उहालाइ आफ्नो जन्म दिन मनाउने अधिकार थियन ?त्यसैले त भारतको ताज होटेल मा गयर ६० लाख को उधारो पार्टी गरेर भयनि जन्म दिन मनाउनु भयो र बिल चाहिँ नेपाल सरकार को खातामा हाल्दिनु भयो । यस्ता धेरै अनगिन्ती काम जस्ले आज सम्पुर्ण नेपालीका मन मस्तिष्कमा बस्न सफल पुर्ब प्रधानमन्त्री केपि सर्मा ओलिलाइ लाई हामीले बारम्बार गाली गर्दा गर्दा उहाको मन दुख्न सक्छ हजारौं नेपाली को दुवाइ र राज्य कोसको करोडौं रुपैयाँ उपचार खर्चमा उडायर दानमा पायको आफ्नो नया जीवन लियर बाचेका नेतालाइ हैन गाली नै गर्न हो भने अब प्रचण्ड लाइ गरौ ।
  उत्पिडीत,उपेक्षित र हेपियका पेलियका आदिवासी जनजाति मधेसी लगायतका समुदायलाई आफ्नो आवाज बुलन्द पार्न सिकाउनु भो राज्यको बन्दुकको दमन भो क्रान्ति बन्दुकको नालबाट सुरु गराउनु भो, बिभिन्न अधिकार प्राप्त भो जस्तै गणतंत्र, धर्मनिरपेक्ष, समानुपातीक समाबेशिता, जातिय छुवाछुत अन्य आदि ईत्यादि ल्याउन उनकै नेत्तृत्व सफल रह्यो। हिजो रोल्पा रुकमका बनमा घाँस दाउरा मै जीवन समाप्त गर्न हरुलाइ साक्षर बनाइ सभासद ,मन्त्री ,सभामुख र राज्यका विभिन्न माथिल्लो निकाय सम्म पुर्याउनु भयो ।
जिम्बल र काजिका घरमा काम गर्दै आफ्नो जीवन रित्याउने हरुलाइ आफ्नो अधिकार प्राप्तिमा लड्न सिकाउनु भयो ,दबियका आबाज बुलन्द पार्नु भयो कुसल नेतृत्व भित्रायर सधियौ देखि उज्यालो बेचेर अन्धकार बाड्दै हिड्ने हरुलाइ कारबाही गर्न सक्ने कर्मचारी र मन्त्री कुलमान घिसिङ र जनार्दन सर्मा जस्ता नेतृत्व लाई जन्म दिदै नेपाल मा नया इतिहास बनाउनु भयो ।
देश बिदेशमा अलपत्र परेका नेपाली लाई तुरुन्तै उद्दार गरि नेपाल झिकाउने छेतिपुर्ती दिलाउने देखि विभिन्न रास्ट्रीय आयोजना लाइ द्रुत गतिमा अगाडि लैजान दिन रात खटिनु भयो र जन अपेक्षा अनुसार काम चुस्त दुरुस्त रूपमा गर्दै जानू भयो । हो त्यसैले गाली केपि ओलिलाइ हैन प्रचण्ड लाई गरौ हामी सकिन्छ भने अझ सबै मिलेर उहाको राजीनामा नै मागौ किनकी नौ महिने सरकार को छोटो कार्यकाल पूरा नै नभै उहाबाट देशले बिकास को गति लिन थालेको छ ,बन्द उधोग खुल्न थालेका छ्न रास्ट्रीय आयोजना सप्पन्न हुदैछन ,कर्मचारी तन्त्रको लुट रोकिदै छ देश फाइदामा जाँदै छ ।
अनि अझै उहालाइ सरकार मै राखेर किन हामी चुप बस्ने आउनुस प्रधानमन्त्री को राजीनामा मागौ यो देशमा माओवादीले बिकास गर्दैन । हिजो तेत्रा कौरवलाई पाण्डवले मार्दा बद भन्नेहरु अधिकार प्राप्तिको बर्गिय युद्दमा मर्दा हत्या र हत्यारा भनेर परिभाषित गर्छन माओवादी पार्टी र नेतृत्व लाई , आज जे जति पनि परिवर्तन भय त्यसमा सिङ्गो माओवादी पार्टी र प्रचण्ड नेत्तृत्वको महत्वपुर्ण भुमिकालाई बेवास्ता गरि राजनैतिक प्रतिशोधको तुषले बिख बमन नगर पश्चाताप हुनेछ भोली प्रचण्ड नहुदा तिमिहरुलाई उम्केको माछा ठुलो हुनेछ,।
मुलुकमा संविधान थियन यिनै हत्यारा प्रचण्ड ले जनता लाई संविधान दिलाउन मुख्य भुमिका खेले र अब कार्यनयन गराउन पनि आफै अघि सरेका छन । दस बर्ष सम्म जारी युद्ध लाई बार्ताको टेबुल बाट विश्व इतिहास तोड्दै सहजै रूपमा सान्ती सम्झौता गरि आफ्ना भयका सेना र हतियार समेत राज्यको जिम्मा लगाइ निस्वार्थ रूपमा देश र जनताकै हक अधिकार र नया उचाइ बाट देश लाई परिबर्तन गर्न आफ्नो सम्पुर्ण बल बुद्धि लगाइ खटियका प्रचण्ड लाई हो हामीले गालि गर्नैपर्छ । देशमा झन्डै १९ बर्स देखि स्थानीय जन प्रतिनिधि नहुदा जनतालाइ धेरै सास्ती छ ,अब स्थानीय चुनाव गरायरै जनतालाइ सबै सेवा सुबिधा दिन आफै अघि सरेका छन हिजो हलि बस्न पनि नसक्ने हरुलाइ आज समाबेसिता र समानुपातिक मा पार्दै अधिकार दिलाउने यिनै जंगली प्रचण्ड हुन ।
   आज सम्म राज्यको ढुकुटी बाट अनेकौ बहानामा रुपैयाँ पनि लियका छैनन न त माओवादी ले कुनै रास्ट्रघाती सन्धी नै गर्यो यति सारो अन्न्याय माओवादी पार्टी र प्रचण्ड ले गर्दा किन सहेर बस्ने ?आउनुस हामी गु र गोबर छुट्टाउन नसक्ने हरु अनि तिनै उखान टुक्का ठट्यौली र मिठा भासण बाट मनमुग्ध भयका हरुले चै राखौ ओलिलाई चौतारोमा अनि चढाउ सुलि प्रचण्डलाई र गरौ गालि मागौ राजीनामा लखेट माओवादी लाई तब न देश बन्छ बिकास हुन्छ र जनताले अधिकार प्राप्ति गर्छन ।
               -यो लेखकको निजि विचार हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी