आउदो बजेट ११ खर्ब आसपासको आकारमा आउने

आउदो बजेट ११ खर्ब आसपासको आकारमा आउने

  • सोमवार, फाल्गुन २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, २३ फागुन । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक २०७४÷७५ को बजेटले सङ्घीय संरचनालाई सम्बोधन गर्ने बताउनुभएको छ ।
आगामी आवको बजेट विनियोजनाका विषयमा आज अर्थ मन्त्रालयमा भएको विभिन्न मन्त्रालयका सचिवसँगको बैठकलाई सम्बोधन गर्दै उहाँले मुलुक सङ्घीयता कार्यान्वनको चरणमा रहेकाले बजेट पनि सोही अनुसार हुने बताउनुभयो ।
अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले आयोजना गरेको बैठकमा सबै मन्त्रालयका सचिवको उपस्थिति रहेको थियो । योजना आयोगले रु ११ खर्बको बजेट सीमामा रहेर  आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थ मन्त्रालयलाई सुझाएको छ ।

अर्थ मन्त्री महराले भन्नुभयो,“ निर्वाचनको मिति घोषणा भइसकेको छ, स्थानीय निकाय पनि सरकारले तोकिएको छ, यो अवस्थामा आगामी आर्थिक वर्षको बजेट स्थानीय निकायसँग जोडएर आउँछ, यो सङ्घीता कार्यान्वयनका लागि पहिलो चरण हुनेछ ।”

आगामी आर्थिक वर्षको बजेटमा नयाँपन दिने उल्लेख गर्दै उहाँले विगतमा जस्तो मनोगतरूपमा कार्यान्वन नै नहुने बजेट बनाउने भन्दा पनि वास्तविकतामा आधारित बजेट ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी