शिक्षक सङ्घ लमजुङमा पुनः अधिकारी

शिक्षक सङ्घ लमजुङमा पुनः अधिकारी

  • शनिबार, फाल्गुन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

बेँसीसहर, २१ फागुन ।

नेपाली काँग्रेस निकट संस्था नेपाल शिक्षक सङ्घ लमजुङको अध्यक्षमा शिव अधिकारी निर्वाचित हुनुभएको छ ।

आज सार्वजनिक मत परिणामअनुसार कुल एक हजार ७९ मतमध्ये ५८२ मत प्राप्त गरी अधिकारी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी विष्णुहरि बास्तोलाले ४९१ प्राप्त गर्नुभएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा सूर्यबहादुर केसी ६७५ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी विनोद कोइरालाले ३८४ मत प्राप्त गर्नुभएको छ । महिला उपाध्यक्षमा सीता बराल ६६२ मतका साथ विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी देवी रेग्मीले ३९१ मत प्राप्त गर्नुभएको छ ।

सचिव पदमा पनि अधिकारी प्यानलकै सोमराज चिलुवाल ५९७ मतका साथ निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी राजु राउतले ४५३ मत पाउनुभएको छ । त्यस्तै, अर्थ सचिवमा दिनेश चिलुवाल ५७७ मतका साथ विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी रामकृष्ण गौलीले ४५१ मत पाउनुभएको छ ।

समावेशीअन्तर्गत सहसचिव महिलातर्फ भएको प्रतिस्पर्धामा पनि अधिकारी प्यानलकै ज्ञानुमाया नखोला ५६८ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी लुब्धकुमारी पाण्डेले ४४८ मत पाउनुभएको छ ।

यसैगरी खुल्ला सहसचिवमा कामसार्की गुरुङ, अर्थ महिला सहसचिव सिर्जना गुरुङ, समावेशी सहसचिवमा दिनेश गुरुङ र रणबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

यसैगरी, सदस्यको निर्वाचनमा अधिकारी प्यानलका उमाकान्त आचार्य, नवराज अधिकारी, वासु गुरुङ र मोहनराज घिमिरे निर्वाचित हुनुभएको छ । महिला सदस्यमा पनि अधिकारी प्यानलकै अनिता चिलुवाल, मास्यो गुरुङ र इन्दिरा कार्की निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश प्रतिनिधिमा अधिकारी प्यानलका नानुमाया रिमाल, तुलसी बराल, नवराज घिमिरे, राजिव पण्डित, कृष्णप्रसाद भण्डारी र हरिश्चन्द्र लम्साल विजयी हुनुभएको छ ।

प्रदेश पार्षदमा बास्तोला प्यानलका रमाकान्त अधिकारीले जित हात पार्नुभएको छ । सङ्घीय महाधिवेशनको ६ सिटमध्ये बास्तोला प्यानलका रत्नमान श्रेष्ठमात्र निर्वाचित भए भने बाँकी पाँच पदमा अधिकारी प्यानलकै विष्णुमाया भण्डारी, रामकृष्ण भण्डारी, शिवशङ्कर तिवारी, तीर्थराज तिवारी र सुशीला अधिकारी निर्वाचित हुनुभएको छ ।

शिक्षक सङ्घमा अधिकारी पक्षले एकाधिकार जमाउँदा बास्तोला पक्ष रक्षात्मक मात्र बन्यो । बास्तोला पक्षले २७ निर्वाचित पदाधिकारी तथा पदहरुमा दुई स्थानमा मात्र विजय हात पारेकोे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी