चेम्बर पदाधिकारी– राजदूत छलफल

चेम्बर पदाधिकारी– राजदूत छलफल

  • बुधबार, फाल्गुन १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, १८ फागुन । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत रबिना पि मार्कसले आज छलफल गर्नुभएको छ ।    सो अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र दक्षिण अफ्रिकाको द्विपक्षीय सम्बन्ध आर्थिक बारे प्रकाश पार्दै पर्यटन,जलविद्युत तथा खनिज क्षेत्रमा लगानी गरी दक्षिण अफ्रिकाले लाभ लिनसक्ने बताउनुभयो ।

छलफलमा राजदूत मार्कसले नेपाल र दक्षिण अफ्रिकाबीचको सम्बन्ध अझ निकट बनाउन पर्यटन, कृषि, जलविद्युत, खनिज क्षेत्रहरुमा प्रविधि तथा लगानी वृद्धि गर्न दुवै देशका व्यवसायीहरु आपसी हितमा मिलेर कार्य गर्नुपर्ने बताउनुभयो ।

छलफलमा नेपालका लागि दक्षिण अफ्रिकाका अवैतानिक महावाणिज्यदूत प्रदीपकुमार श्रेष्ठ, चेम्बरका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर र राजेन्द्र मल्ल तथा महासचिव कमलेशकुमार अग्रवाल सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी