केरुगं रसुवागढी सडक राति ११ बजे सम्म खुल्ने

केरुगं रसुवागढी सडक राति ११ बजे सम्म खुल्ने

  • बुधबार, फाल्गुन १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

फागुण १८ काठमाण्डौं । विगत २ वर्ष देखि राति ९ बजे पछि बन्द रहने गरेको चीन केरुगं जोड्ने लागंटागं राष्ट्रिय निकुञ्जमा पर्ने पासागं ल्हामु राजमार्ग आजबाट राति ११ बजे सम्म खुल्ने भएको छ ।
आज रसुवाका राजनीतिक दलहरु, जिल्ला प्रशासन अधिकारी, स्थानीय विकास अधिकारी र नेपाल चीन केरुगं व्यापार संघका प्रतिनिधिहरुको टोलीले चीन जोड्ने नाकामा सञ्चालित महत्वपूर्ण राजमार्ग रातभर बन्द रहदा जनता र व्यवशायीहरुले दुख पाएको भन्दै बन मन्त्री शंकर भण्डारीलाई ज्ञापन पत्र बुझाएका थिए ।

सोही ज्ञापन पत्र बुझ्दै तत्कालै मन्त्री भण्डारीले वन विभागका महानिर्देशकलाई फोन गरी आजैबाट लागु हुने गरी निकुञ्जमा पर्ने मार्गमा राति ११ बजे सम्म यातायात सञ्चालन गर्न दिन निर्देशन दिए पछि बाटो खुलेको नेपाल चीन केरुगं व्यापार संघका अध्यक्ष मान बहादुर तामागंले मिर्मिरेलाई जानकारी दिनु भयो । भूकम्प पछि बिहान ६ बजे देखि राति ८ बजे सम्म मात्रै सञ्चलान भएको राजमार्ग व्यवशायीहरुको पहलमा राति ९ बजे सम्म खुल्न थालेको थियो ।
अध्यक्ष तामागंले रसुवावासीले विरामी पर्दा समेत एम्बुलेन्स कुदाउन पनि अनुमति लिनु पर्ने बाध्यता रहेको र व्यवशायीहरु पनि मर्कामा रहेकाले यो मार्ग २४ सै घण्टा खुल्ला हुनु पर्ने आफुहरुको माग रहेको बताउनु भयो ।
तातोपानी नाका बन्द भए पछि नेपाल चीनबीचको एक मात्र व्यापारीक नाकाको रुपमा यो नाका सञ्चालन हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी