चीनद्धारा सिल्क रोडमा सहमति जनाउन नेपालसँग आग्रह

चीनद्धारा सिल्क रोडमा सहमति जनाउन नेपालसँग आग्रह

  • बुधबार, फाल्गुन १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, १८ फागुन । चीनले क्षेत्रीय समृद्धिका लागि अगाडि बढाइएको सिल्क रोड अभियानमा सहमति जनाउन नेपालसँग आग्रह गरेको छ ।

नेपाल–चीन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १४औँ वार्षिक साधारणसभामा चिनियाँ पक्षले क्षेत्रीय सञ्जाल (रिजनल कनेक्टेभिटी) तथा सिल्क रोडमा सहमतिका लागि प्रस्ताव गरेको हो ।

चीनले अगाडि बढाएको सिल्क रोड अभियानमा सय मुलुकले चासो व्यक्त गरेको र ४० वटा मुलुकले समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जनाइएको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर नेपालले चीनसँगको व्यापारलाई विस्तार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चीनको व्यापार वृद्धि गर्न नेपालले थप निर्णय गर्ने विश्वास दिलाउन चाहन्छु ।”

पछिल्लो समयमा आर्थिक सूचक सबल बन्दै गएको उल्लेख गर्दै अर्थमन्त्री महराले मुलुकको व्यापार घाटालाई कम गर्न निर्यात बढाउनुपर्ने बताउनुभयो । उहाँले नेपालको पूर्वाधार विकासमा निरन्तर सघाउँदै आएको चीनले आगामी दिनमा थप सहयोग गर्ने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यू होङले भन्नुभयो, “सिल्क रोडअगाडि बढाउन नेपालसँग आग्रह गर्दछु ।” उहाँले क्षेत्रीय समृद्धिका लागि चीनले अगाडि बढाएको अभियानमा नेपालको पनि साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

चीनले नेपालसँग विकासका क्षेत्र जलविद्युत्, हवाई, निर्माण एवम् प्रसारण लाइनजस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै राजदूत होङले चीनको सहयोग निरन्तर जारी रहने बताउनुभयो ।

पूर्वसचिव पुरुषोत्तम ओझाले मुलुकको समृद्धिका लागि नेपाल सिल्क रोडको सञ्जालमा जानुपर्ने बताउँदै त्यसका लागि चिनियाँ एवम् नेपाली पक्षले विशेष ध्यान दिएर आर्थिक क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल–चीन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष राजेशकाजी श्रेष्ठले सन् १९९९ मा स्थापना गरिएको चेम्बरले चीनका २९ वटा चेम्बरसँग द्विपक्षीय सम्झौता गरेको र व्यापारिक प्रवद्र्धनका लागि लागिपरेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी