नयाँ व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने चेम्बरको माग

नयाँ व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने चेम्बरको माग

  • बुधबार, फाल्गुन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, ११ फागुन । नेपाल चेम्बर अफ कमर्सले विद्यमान मौद्रिक नीतिमा अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गरी चेम्बरले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलताको समस्या र सोबाट सिर्जित लगानीयोग्य रकमको अभावमा समग्र निजी क्षेत्र प्रभावित भएकाले अविलम्व समाधान हुनुपर्नेमा जोड दिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा उत्पन्न समस्याहरुबाट समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव पर्ने सम्भावनालाई दृष्टिगत गर्दै यस्ता समस्याहरु नदोहोरिने गरी प्रभावकारी अनुगमन गर्नुपर्नेमा चेम्बरले राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी