काठमाडौ २९ माघ ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी अर्थतन्त्रको विकास गरिने बताउनु भएको भएको छ । राष्ट्रिय उत्पादनमा आधारित अर्थतन्त्रको विकास गर्नु अहिलेको आवश्यकता भएकोमा उहाँले जोड दिनुभयो ।
राजस्व परामर्स समिति, भन्सार कार्यालय र कैलाली उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आयोजित ‘आर्थिक वर्ष २०७४÷०७५ को बजेट नीति तथा कार्यक्रम’ विषयक अन्तक्र्रियामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
स्वस्थ प्रतिस्पर्धामा आधारित पुँजीवादको विकास नभए समाजवादमा जान नसकिने महराको भनाई छ । उहाँले अर्थतन्त्रको हिसावले मुलुक अहिले निकै सङ्क्रमणकालीन अवस्थामा रहेकाले स्वस्थ्य पुँजीवादी अर्थतन्त्रमा लैजाने कोसिस गरिएको बताउनुभयो ।
देश सङ्घीय संरचनामा गैसकेको अवस्थामा सङ्घीय वित्तीय व्यवस्था कस्तो हुने भन्नेबारेमा टोली गठन गरेर मन्त्रालयले कामअघि बढाएको पनि अर्थमन्त्रीले जानकारी गराउनु भएको छ ।
कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले विकासका दृष्टिमा अरु क्षेत्र भन्दापछि परेका ७ नंम्बर प्रदेशको समग्र विकासका लागि मन्त्रालयले विशेष ध्यान दिएको बताउनुभयो ।