निर्माण सामग्री प्रदर्शनी आजबाट सुरु

निर्माण सामग्री प्रदर्शनी आजबाट सुरु

  • शुक्रबार, माघ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ, २८ माघ ।
तेस्रो अन्तर्रा्ष्ट्रिय निर्माण सामग्री प्रदर्शनी आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ ।

फागुन १ गतेसम्म चल्ने प्रदर्शनीमा स्वदेशी र विदेशी निर्माण सामग्रीका कक्ष प्रदर्शनमा राखिएका छन् । प्रदर्शनीमा हेभी इक्विपमेन्ट पनि राखिएको छ ।

निर्माण सामग्रीसम्बन्धी जानकारी दिने उद्देश्यले गरिएको प्रदर्शनीको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ठूला पुल र सडक निर्माणमा हेभी इक्विपमेन्टको प्रयोग हुन नसकी दुई चारजनाले काम गरेजस्तो गर्नाले आयोजना समयमै सम्पन्न हुन नसकेको बताउनुभयो ।

अर्बौंका आयोजना गुणस्तरीय रुपमा समयमै सम्पन्न हुनपर्ने भएपनि नेपालमा राष्ट्रिय निर्माण क्षमता बढ्न नसकेको उहाँले बताउनु भयो । यसले गर्दा विकास निर्माणका काम अलपत्र हुने गरेको उहाँको भनाई छ ।

मन्त्री लेखकले निर्माण व्यवसायीको प्राविधिक क्षमता बढाउन सरकार पनि तयार रहेकोे बताउनुुभयो ।

सो अवसरमा भारतीय राजदूतावासका विनयकुमार, भारतीय निर्माण सामग्री कम्पनी फ्युचरेक्सका प्रेम अन्वेषी र नवीन महासेठलगायतका वक्ताले भूकम्पपछिको पुनःनिर्माणका लागि प्रदर्शनीले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रदर्शनी विसं २०७१ देखि प्रत्येक वर्ष आयोजना गर्ने गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी