काठमाडौ २७ माघ ।
अर्थमन्त्री कृष्णबहादुर महराले आज मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे अर्थ र राजस्व सचिवका साथै केन्द्रीय बैंकका गभर्नरसँग सामूहिक छलफल गर्नुभएको छ ।
अर्थ मन्त्रालयमा आज भएको छलफलमा पुँजीगत खर्च वृद्धि, राष्ट्रिय गौरवका आयोजनालाई रकमको अभाव हुन नदिने, वित्तीय बजारमा देखिएको तरलता अभाव, राजस्व संकलनको लक्ष्य प्राप्ति, राजस्व चुहावट नियन्त्रण लगायत विषयमा छलफल भएको थियो ।
उपप्रधानमन्त्री समेत रहनु भएका महरालाई महरालाई पछिल्लो आर्थिक अवस्थाबारे अर्थ सचिव शान्तराज सुवेदी, राजस्व सचिव राजन खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले आफूमातहतका निकायबाट बजेट कार्यान्वयन, मौद्रिक नीतिको प्रभावकारिता, राजस्वका लक्ष्य र चुनौतीका साथै हालसम्मका प्रगतिबारे जानकारी गराउनुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline