माघ २६ काठमाण्डौं । गत वर्षको मोःमोत्सवको अपार सफलतापछि, कोका–कोलाले आफ्ना महत्वपूर्ण उपभोक्ताहरुको लागि मोमोत्सव फेरी ल्याएको छ । कोका–कोला र खानाको विश्वव्यापी परम्परा रहेको छ र लाखौं उपभोक्ताहरुको दैनिक मनपर्ने कम्बो भोजन पनि हो ।
विश्वभर, रिफ्रेशिङ्ग कोका–कोलाका साथमा मानिसहरु विभिन्न प्रकारका खानाहरुको आनन्द लिन्छन् । नेपालमा पनि त्यहि विश्वव्यापी परम्परालाई निरन्तरता दिँदै, कोका–कोलाले नेपालका प्रमुख चेन रेष्टुरेन्टहरु तथा भोजनालय हरु सँगको सहकार्यमा अनुपम ‘कोका–कोला मोःमोत्सव’गत वर्ष देखि आयोजना गर्दै आएको छ ।
यसको नाम जस्तै, यो मोःमो अभियानले कोका–कोलाका साथमा मोमोहरुको विभिन्न प्रकारको स्वाद लिन सकिने र आफ्नो अनुभवलाई अझै उत्कृष्ट बनाउनेअवसर प्रदान गर्नेछ । यस बर्षको मोःमोत्सव महोत्सव आजदेखि शुरु भएको छ भने मध्य मार्चसम्म आयोजना हुने कम्पनीले जनाएको छ ।
यो अभियानको एक भागको रुपमा, चर्चित कलाकार तथा खानाको पारखि प्रियंका कार्की रनेपालको राष्ट्रिय फुटबल टिमका खेलाडीहरुका साथमा विभिन्न आउटलेटहरु भ्रमण गर्नेछन् ।विभिन्न आउटलेटहरुमा कोका–कोला र मोःमोको संयुक्तरुपमा आनन्द लिईरहेका व्यक्तिहरुलाई सेलेब्रेटीहरुले सोहि स्थानमा भेट्ने छनुभने ममका पारखिहरुले विभिन्न रमाइला पुरस्कारहरु जित्न सक्नेछन् ।