‘रुन्छु रातभरी’बोहोराको नया एल्वम सार्वजनिक

‘रुन्छु रातभरी’बोहोराको नया एल्वम सार्वजनिक

  • बुधबार, माघ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

दुबई संवाददाता । सेनबेसी, बन्दीपोखरा–९ पाल्पाका नारायणबहादुर बोहोरा बाह्र वर्षअघि रोजगारीका लागि दुबई आएका हुन् । यी दर्जन वर्षहरु दुबईमा बिताइरहँदा उनले युएईको नेपाली जनजीवजन र गतिविधिलाई नजिकबाट नियालेका छन् । प्रवास बसाइका बाह्र वर्षहरुमा यिनले समस्यामा परेका धेरै नेपालीहरुलाई व्याक्तिगत तथा संस्थागत सहयोग गरेको बताउछन् ।
यी दर्जन वर्षहरुमा आर्थिक उपार्जनमात्र होइन, कला, साहित्य तथा संगीतको क्षेत्रमा केहीगर्ने क्षमताको जागरण भएको बोहोरा बताउँछन् । गीतसंगतको विभिन्न विधाका साथीहरुसँग संगत गरी हिँडने बोहोरा लोकगीतको मोहमा कतिबेला डुबे भन्ने कुरा थाहै नभएको जानकारी दिन्छन् ।
लोकगीतप्रतिको त्यही मोहका कारण बोहोरा हिजोआज रातभरि रुन्छन् । आफ्नी प्रियतमा सानुको नाम पाखुरामा रगतले लेख्दै उनकै विगोगमा छट्पटाएको देख्न सकिन्छ उनलाई । उनी रातमा निदाउन सक्दैनन् । उता, प्रियतमा सानु पनि उनकै यादमा तड्पिँदै रातैभरि रोएको देखिन्छ ।
रियल लाईफमा सामाजिक तथा राजनीनिक क्षेत्रमा क्रियाशील बोहोराले रिल लाईफमा भने ‘रुन्छु रातभरी’ बोलको गीतको अडियो तथा भिडियो सार्वजनिक गर्दै सांगीतिक क्षेत्रमा पनि पहिलो पाइला चालेका छन् । आफ्नी प्रियसीले अचानक छोडेर गएको वियोगको घडीको कल्पना गर्दै युट्युबमा उनी रोइरहेका भेटिन्छन् ।
युएई बसाइका बाह्र वर्षमा बाह्रथरि अनुभव संगालेका बोहोरा लोकसंगीतप्रतिको आफ्नो झुकावलाई प्रदर्शन गर्न पहिलो गीत गाएको बताउँछन् । पहिलो गीत सार्वजकि गरेपछि साथीभाइबाट पाएको सकारात्मक प्रशंसाले आफू उत्साहित भएको र फेरि नयाँ गीत गाउने आत्मविश्वास पलाएको प्रतिक्रिया दिएका छन् ।
मनोज रसाइलीको शब्द संकलनमा चर्चित गायिका देवी घर्तीले बोहोरालाई साथ दिएकी छन् । उक्त गीतको मेल भर्सनको अडियो दुबईमा रेकर्ड गरिएको हो भने फिमेल भर्सन नेपालबाटै रेकर्ड गरिएको हो । उक्त गीतको भिडियो युएईमै तयार पारिएको छ । युएईको सबैभन्दा अग्लो पहाड जबलजइसमा तयार पारिएको भिडियोमा बोहोरा स्वयम्ले अभिनय गरेका छन्, भने उनलाई सहकर्मी लक्ष्मी सुवेदीले साथ दिएकी छिन् । उक्त गीतको भिडियोलाई लोकगायक बाबुराम परियारले निर्देशन गरेका हुन् भने सूर्यकुमार बाहोराले छायांकन गरेका छन् । सो भिडियो उमंग म्युजिक प्रालिले बजारमा ल्याएको प्रबन्धक पर्शुराम पौडेलले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी