सिन्धुलीमा पहिलो पटक भएको लिटिल प्रिन्स एण्ड प्रिन्सेस् प्रतिस्पर्धा

सिन्धुलीमा पहिलो पटक भएको लिटिल प्रिन्स एण्ड प्रिन्सेस् प्रतिस्पर्धा

ओस्तिका कार्की प्रिन्सेस र शैलेष श्रेष्ठ प्रिन्स भए

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं–सिन्धुलीमा पहिलोपल्ट लिटिल प्रिन्स एण्ड प्रिन्सेस् प्रतिस्पर्धा भएको छ । वालवालिकामा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउन ग्ल्यामरस नेपालले सिनियर गर्लस, सिनियर ब्वाइज, जुनियर गर्लस र जुनियर ब्वाइज गरी ४ फरक प्रतिस्पर्धा गराएको थियो ।

प्रतिस्पर्धामा सिनियर गर्लतर्फ ओस्तिका कार्कीले टाइटल जितेकी छन् । यस्तै एलिसा थापा फष्ट रनरअप, रोसना ढकाल सेकेन्ड रनरअप र मनिता श्रेष्ठ थर्ड रनरअप भए । सिनियर ब्वाईजतर्फ शैलेस श्रेष्ठ विजेता भए । यस्तै साहिल खड्का फष्ट रनरअप, सुयोग कोइराला सेकेन्ड रनरअप र नविन सुनुवार थर्ड रनरअप भए ।
जुनियर गर्लतर्फ कन्चन ठकुरीले टाइटल जितिन् । यस्तै गरिमा बुर्जा फष्र्ट रनरअप पेमा लामा सेकेन्ड रनरअप र आशिका खड्का थर्ड रनरअप भए । जुनियर ब्वाईजतर्फ संगम श्रेष्ठले अवार्ड तिजे । त्यसपछि जेनिस योञ्जन फष्ट रनरअप, अंकित विक सेकेन्ड रनरअप र आदित्य चौधरी थर्ड रनरअप भए ।


प्रतिस्पर्धीलाई एक महिना वन्द प्रशिक्षण दिइएको आयोजक ग्ल्यामर नेपालका प्रबन्ध निर्देशक अशिम ज्वयल श्रेष्ठले जानकारी दिए । उक्त प्रतिष्प्रर्धामा निर्णायकको भूमिका बरिष्ठ पत्रकार लीलानाथ घिमिरे, वरिष्ठ कलाकार तथा निर्माता पुकार भट्टराई, चर्चित मोडल प्रनिसा उदास र वरिष्ठ दृष्य सम्पादक रविन भट्टले गरेका थिए ।
सिनियर गर्लका सव टाइटलतर्फ ओस्तिका कार्की मोस्ट व्युटिफुल, स्मृति श्रेष्ट बेष्ट लिडरसिप, सरु सुनुवार मोस्ट हेल्पफुल, लक्ष्मी विक बेष्ट कन्फिडेन्ट, तारा तामाङ वेष्ट फेनण्डसिप, इशा थापा व्युटिफुल हेयर, स्तुति श्रेष्ठ वेष्ट चार्मिङ, मनिषा थापामगर वेष्ट परफमेन्स्, संजिता मगर मोस्ट व्युटिफुल वाक, रेजिका कार्की वेष्ट पङ्चुआलिटी, वविसा बुर्जा वेष्ट फोटोजेनिक, मनिता श्रेष्ठ मोस्ट पपुलर, एलिसा थापा वेष्ट स्क्रिन, रेजिना थापामगर वेस्ट पर्फरमेन्स्, रोसना ढकाल वेस्ट ट्यालेन्ट, कृति तामाङ व्युटिफुल वर्क, दीपिका पूर्वछाने वेष्ट पर्सनालिटी, दिया श्रेष्ठ वेस्ट पर्फरमेन्स्, सुधा कार्की वेष्ट डिसिप्लेन, खुशी तामाङले व्युटिफुल स्माईल जिते ।
जुनियर ब्याईजतर्फ विजन श्रेष्ठ वेस्ट इनरजेटिक, निसान्त माझी वेस्ट डिसिप्लेन, सन्जल गामी वेस्ट कन्फिडेन्ट, संगम श्रेष्ठ वेस्ट ट्यालेन्ट, अंकित विक वेस्ट फोटोजेनिक, इजान रखाल स्मार्ट वाक, जेनिस योञ्जन वेस्ट स्माइल, गौरव प्रधान मोस्ट ह्याण्डसम, आदित्य चौधरी मोष्ट क्यूट, रुपम आले वेस्ट चार्मिङ्ग, भविष्य आले वेस्ट स्किन जिते ।
यस्तै  जुनियर गर्लतर्फ आसिका खड्का मोस्ट निट एण्ड क्लिन, सन्ध्या गामी वेस्ट पर्फमेन्स, सुदेश्ना प्रजापति वेष्ट एट्रेक्सन, कन्चन ठकुरी मोष्ट व्युटिफुल, निर्जला श्रेष्ठ मोस्ट प्रिटी, पेमा लामा व्युटिफुल स्माइल, निहारिका गुप्ता व्युटिफुल वाक, गरिमा बुर्जा व्युटिफुल हेयर, सोनिया थापामगर वेस्ट टेलेन्ट, रष्मी दर्लामी वेष्ट डिसिप्लेन अवार्ड जिते ।
ग्ल्यामरस नेपालकी सञ्चालिका कविता ज्वयल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मोडल मन्जिला समाल र बरिष्ठ कोरियो ग्राफर लक्ष्मण ज्वयल श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा चर्चित गायक श्रीकृष्ण लुईंटेलले आफ्ना ब्यंग्यात्मक गीत गाएर दर्शकलाई नचाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी