टेलिकमको तेह्रो वार्षिकोत्सव आज

टेलिकमको तेह्रो वार्षिकोत्सव आज

प्रिपेडमा फोर जी र सिआरबीटी शुरु गरिदै

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाण्डौं माघ २२ । नेपालकै ठूलो दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको तेह्रौ वार्षिकोत्सव आज मनाईदै छ । आज बिहान साढे १० वजे पछि केन्द्रीय कार्यलय भद्रकालीमा बिशेष कार्यक्रम गरी १३ औ वार्षिकोत्सव मनाउन लागिएको टेलिकमले जनाएको छ ।
कार्यक्रममा सञ्चार मन्त्री सुरेन्द्र कार्की सहितको उपस्थिति हुने टेलिकमकी प्रवक्ता प्रतिमा बैद्यले जानकारी दिनु भयो ।
जिएसएम , सिडिएम, ल्याण्ड लाईन , जस्ता सेवामा अग्रणी स्थानमा रहेको टेलिकम नेपालको सबै भन्दा पुरानो दुरसञ्चार कम्पनी हो । जसको ठूलो स्वामित्व सरकारको मातहतमा रहेको छ ।
यसैबीच नेपाल टेलिकमले आज देखि जीएसएम प्रिपेड ग्राहकलाई पनि फोरजी सेवा दिने भएको छ । पोष्टपेडमा फोरजी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गए पछि टेलिकमले फोरजी सेवा दिन लागेको हो ।

काठमाडौं र पोखराका प्रिपेड ग्राहकलाई मात्र यो सेवा उपलब्ध हुनेछ । गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोरजी सेवा दिन सुरु गरेको थियो ।

काठमाडौंमा फोरजीका लागि ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको थियो ।

पोखराको लेकसाइड र न्युरोड क्षत्रेमा मात्रै अहिले फोर जी नेटवर्क उपलब्ध छ । १८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्ड विथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ ।
यसैबीच टेलिकमले कल रिङ ब्याक टोन (सिआरबिटी) सेवा पनि फेरि सुचारु गर्ने भएको छ । केही समय अघिदेखि बन्द रहेको सेवा वार्षिक उत्सवको अवसर पारेर आजै बाट यो सेवा पनि सुचारु गर्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी