चौधरी ग्रुप र निम्बसले युवाका नयाँ उद्यममा लगानी गर्ने

चौधरी ग्रुप र निम्बसले युवाका नयाँ उद्यममा लगानी गर्ने

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

२१ माघ काठमाण्डौं । सफल युवा उद्यमीहरु चौधरी ग्रुपको सिजि कर्पका प्रबन्ध निर्देशक निर्वाण चौधरी र निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले आज ४ सय भन्दा बढी उद्यम शिलतामा प्रवेश गर्न चाहने युवालाई सम्बोधन गर्दै न्ेपालमा नयाँ युवा उद्यमीहरुका व्यवसायिक योजनामा आफुहरुले व्यक्तिगत र संस्थागत रुपमा लगानी गर्ने घोषणा गर्नु भएको छ ।

हिमालयन क्लाईमेट इनिसिएटिभले काठ्माण्डौंमा आज आयोजना गरेको फाइनान्स योर ड्रिम कार्यक्रममा बोल्दै आनन्द बगरिया र निर्वाण चौधरीले उक्त घोषणा गर्नु भएको हो । गैर नाफा मुलक संस्था हिमालयन क्लाईमेट इनिसिएटिभ— एचसिआई ले काठ्माण्डौं र नेपालगन्जमा सामाजिक र व्यावसायिक उद्यमसिलताको विकास तथा विस्तार केन्द्र सञ्चालन गर्दै आएको छ । निर्वाण र आनन्द दुवै जना एचसिआईका सह संस्थापक हुनुहुन्छ ।
कार्यक्रममा बोल्दै एचसिआईका संस्थापक प्रशान्त सिंहले नेपालबाट ठुलो संख्यामा बाहिरि रहेका युवाहरुका लागि रोजगारीका लागि कयौं अवसरहरुको सिर्जना गर्नु अहिलेको सबै भन्दा महत्वपुर्ण सामाजिक अनिवार्यता भएको बताउनु भयो ।

श्रृङखलाबद्ध रुपमा आयोजना हुने फाइनान्स योर ड्रिम कार्यक्रमको आज पहिलो श्रृङखला आयोजना भएको हो । यस कार्यक्रमले नेपालमा स्रोत—साधन सम्पन्न व्यापारिक तथा व्यवासायिक क्षेत्रका व्यक्तित्वहरु लाई जुटाएर नयाँ युवा उद्यमीहरुको पारिस्थितिक पद्धतिको सुधार र उन्नतिका लागि प्रत्यक्ष योगदान गर्नमा सहयोग गर्नेछ ।

कार्यक्रममा चौधरी ग्रुपको सिजि कर्पका निर्देशक निर्वाण चौधरीले सुचना प्रविधिका क्षेत्रमा रुची भएका नयाँ युवा उद्यमीलाई सहायता गर्न चौधरी ग्रुप प्रतिबद्ध भएको बताउनु भयो ।

सोही अवसरमा आफ्नो धारणा राख्दै निम्बस समुहका प्रबन्ध निर्देशक आनन्द बगरियाले नयाँ उद्यमसिलता दुवै तर्फबाट विकास हुन सक्ने बताउनु भयो । पहिले उद्यमीहरुबाट अवधारण आएपछि मात्र लगानिकर्ताले लगानी गर्छन भन्ने सामान्य धारणा रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी