किमाथाङ्का–जोगवबनी सडक निर्माण तीव्र गतिमा अघि बढाइने

किमाथाङ्का–जोगवबनी सडक निर्माण तीव्र गतिमा अघि बढाइने

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

सङ्खुवासभा, २१ माघ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले किमाथाङ्का–जोगबनी सडक निर्माण तीव्र गतिमा अघि बढाउन सरकार लागिपरेको बताउनुभएको छ ।

मन्त्री लेखकले मित्र राष्ट्र भारत र चीन जोड्ने यो सडक निर्माण गर्न सकेमा देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउँदै किमाथाङ्का–जोगबनी सडक निर्माण तथा लेगुवा–तुम्लिङटार सडक कालोपत्रे गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबीच खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सङ्खुवासभाको विकास निर्माणलाई द्रुत गतिमा अघि बढाउन आफू क्रियाशील भएर लागेको बताउनुभएको छ ।

नेपाली काँग्रेस सङ्खुवासभाद्वारा खाँदबारीमा आयोजित सभालाई सम्बोधन गर्दै राज्यमन्त्री खड्काले आफ्नो मन्त्रालयले हरेक जनताका लागि दुई वर्षभित्र आधारभूत खानेपानी सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी