खाना पकाउने ग्यासको मूल्य बढ्यो

खाना पकाउने ग्यासको मूल्य बढ्यो

  • बिहिबार, माघ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, माघ २० ।
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । गएराति १२ बजे देखि लागू हुने गरी निगमले खाना पकाउने एलपी ग्यासमा २५ रुपैया ले मूल्य बढाएको हो ।

मूल्य बढेसँगै ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ पुगेको छ । यसअघि, ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँ रहेको थियो ।

भारतीय आयल कर्पोरेसन आइओसीले फेब्रुअरीमा पठाएको नयाँ मूल्यअनुसार निगमलाई ग्यासमा घाटा धेरै भएकोले मूल्य बढाएको दाबी गरिएको छ ।

मूल्य बढाउदा पनि निगमलाई प्रतिसिलिन्डर अझै एक सय ६२ रुपैया घाटा रहेको निगमका प्रवक्रा भानुभक्त खनालले बताउनु भयो ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । निगमले गत पुस पहिलो सता पेट्रोल, डिजेल, र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ ५० पैसाको दरले मूल्य बढाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी