महानगरपालिकाद्धारा भवन निर्माण मापदण्ड अनुगमन गर्न कार्यदल

महानगरपालिकाद्धारा भवन निर्माण मापदण्ड अनुगमन गर्न कार्यदल

  • बुधबार, माघ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौँ, १९ माघ ।
काठमाडौँ महानगरपालिकाले नगर क्षेत्र भित्र मापदण्डअनुरुप भवन निर्माण भए÷नभएको अनुगमन तथा अनियमिततालाई नियन्त्रण गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ ।

भवन निर्माण इजाजत महाशाखा प्रमुख राम कार्कीको संयोजकत्वमा आज बसेको बैठकले कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा इ हिम्मत सिंह, केदार कार्की, कुन्दन अर्याल, विकल्प आचार्य र जीवन रेग्मी तथा सदस्यसचिवमा वीरबहादुर कार्की रहनुभएको छ । यसैबीच महानगरपालिकाले सार्वजनिक जग्गामा व्यवसाय सञ्चालन गर्नेलाई कानुनी आधारको प्रमाणपत्र पेस गर्न पत्राचार गरेको छ । महानगर–३० महाबौद्ध क्षेत्रमा राखिएका कपडा पसल हटाउन नपर्ने भए कारण, आधार र प्रमाणसहित महानगरमा लिखित जवाफ पठाउन यही माघ १० गते बसेको सम्झौता अध्ययन समितिको बैठकको निर्णयानुसार सात दिनको म्याद दिई माघ १३ गते पत्राचार गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी