राष्ट्रिय पुस्तक दिवस मनाउन माग

राष्ट्रिय पुस्तक दिवस मनाउन माग

  • बुधबार, माघ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, १९ माघ । सरस्वती पूजाको दिनलाई राष्ट्रिय पुस्तक दिवसको मान्यता दिन राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग माग गरेको छ ।

महासङ्घले तीन वर्षदेखि आफ्नै पहलमा आजका दिन राष्ट्रिय पुस्तक दिवस मनाउँदै आए पनि सरकारले मान्यता दिनुपर्ने माग गरेको हो । अन्तर्राष्ट्रियरुपमा हरेक २३ अक्टोबारमा पुस्तक दिवस मनाइन्छ ।

महासङ्घका महासचिव नवनिधि पन्तले आज पूर्वाञ्चलको इटहरीमा भेला आयोजना गरेर दिवस मनाउने जानकारी दिँदै सरकारलाई औपचारिकरुपमा पुस्तक दिवस मनाउन माग गर्नुभयो । दिवसले पठन संस्कृतिको विकासमा सहयोग र प्रवद्र्धन गर्ने उहाँले बताउनुभयो ।

यसैबीच, आज विभिन्न शिक्षालय र सरस्वती मन्दिरमा श्रीपञ्चमी मनाइँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी