बसाइँ सराईका कारण आङ्दिममा विद्यार्थी नै भएनन् ,सामुदायिक विद्यालय सङ्कटमा

बसाइँ सराईका कारण आङ्दिममा विद्यार्थी नै भएनन् ,सामुदायिक विद्यालय सङ्कटमा

  • सोमवार, माघ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

तेह्रथुम, १७ माघ ।
बसाईसराईका कारण तेह«थुमका सामुदयीक बिद्यालयमा बिद्यार्थी नै हुन छाडेका छन् । गाउँका १२ घर एकै वर्ष बसाइँ सर्दा तेह्रथुमको आङ्दिम–१ स्थित सिंहदेवी प्राविमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना सङ्ख्या शून्य भएको छ ।

विद्यार्थी नभएपछि चालु शैक्षिक वर्षका पहिला चार महिना शिक्षकले विद्यार्थी पर्खिदैमा बिताएका छन् । कक्षा–३ सम्म पठनपाठन हुने सो विद्यालयमा गत शैक्षिक सत्रमा १७ जना विद्यार्थी थिए । विद्यालयमुनिको एक गाउँका करिब १२ परिवारले यही वर्ष गाउँ छाडे, प्रधानाध्यापक वुद्धि निरौलाले भन्नुभयो– धेरै बच्चा त्यही बस्तीका थिए, बाँकी विद्यालयमाथिका केही बच्चा पनि अङ्ग्रेजी माध्यमको खोजीमा बोर्डिङ भर्ना भएपछि कोही पनि भर्ना हुन आएनन् ।

उता थोक्लुङ–७, कर्कलेको सिंहवाहिनी प्राविमा पनि बसाइँसराइका कारण विद्यार्थी सङ्ख्या शून्य जस्तै भएको शिक्षिका उमादेवी गोलेले बताउनु भयो । गत शैक्षिक सत्रमा सात विद्यार्थी रहेको सो विद्यालयमा अहिले घटेर एक जना मात्र भर्ना भएका छन् ।

सदरमुकाम म्याङलुङ नजिकै हलिमेलामा रहेको जनता प्राविमा पनि यो वर्ष कोही पनि विद्यार्थी भर्ना हुन आएनन् । दुई वर्षअघि नै बन्द हुन लागेको विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाइ सुरु गरेपछि विद्यार्थी बढेका थिए, प्रधानाध्यापक उद्धव लामिछानेले भन्नुभयो– तर यो वर्ष निजी विद्यालयले सवारी सुविधा थपेर सबै विद्यार्थी सदरमुकाम नै ताने ।

कक्षा–३ सम्म पढाइ हुने सो विद्यालयका ३५ बढी विद्यार्थी अहिले सदरमुकामका बोर्डिङमा पढ्छन् । लालीगुराँस नगरपालिका–३ को सिंहदेवी प्राविमा पनि यो शैक्षिक सत्रमा पाँच जना मात्रै विद्यार्थी भर्ना भएका छन् । यस्तै म्याङलुङको आदर्श प्रावि, ओख्रेको भारती प्रावि र तम्फुलाको जलकन्या प्राविमा पनि विद्यार्थी सङ्ख्या १० भन्दा कम छ ।

जिल्लामा १५० बढी प्राथमिक विद्यालय छन् । तर तीमध्ये अधिकांश विद्यालयमा ५० जनाभन्दा बढी विद्यार्थी छैनन् । यस्तै जिल्लाका ३० बढी निमाविमध्ये १०० भन्दा बढी विद्यार्थी भएका विद्यालय कम मात्रै छन् । जिल्लामा पछिल्ला वर्षमा अङ्ग्रेजी माध्यमको आकर्षण र सामुदायिक विद्यालयको गिर्दो शैक्षिक गुणस्तरका कारण सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् । सामुदायिक विद्यालयमा पनि अङ्ग्रेजी माध्यमको शिक्षा सुरु भएका विद्यालयमा भने विद्यार्थी सङ्ख्या उति धेरै घटेको पाइँदैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी