ईलामको अप्परमाई विद्युत् आयोजना अन्तिम चरणमा

ईलामको अप्परमाई विद्युत् आयोजना अन्तिम चरणमा

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

इलाम, १६ माघ ।
अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ईलामको मावु गाविसमा निर्माणाधिन आयोजनाले दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ ।

रु ९० करोडको लागतमा निर्माण सुरु गरिएको क्यासकेड आयोजनाको मुख्य काम पूरा भइसकेको पञ्चकन्या हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक सन्तोष प्रधानले बताउनुभयो ।

अप्परमाईबाट निस्किएको पानी सुलुबुङ–३ र ७ नंबाट सुरुङ र पेनस्टक पाइपबाट विद्युत् उत्पादन गरिने जनाइएको छ । अप्परमाईको पावरहाउस नजिक हेडबक्सबाट ९६० मिटरको टनेलबाट विद्युत् उत्पादनको तयारी गरिएको प्रधानले बताउनुभयो ।

अप्परमाई उत्पादित ९.९८ मेगावाट विद्युत् यसअघि नै उक्त करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको र क्यासकेड आयोजनाबाट समेत उत्पादित विद्युत् करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने प्रबन्ध निर्देशक प्रधानले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी