बजाजले नयाँ शोरुम महेन्द्रनगरमा खोल्यो

बजाजले नयाँ शोरुम महेन्द्रनगरमा खोल्यो

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

महेन्द्रनगर, १४ माघ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्डमध्येको एक, एचएच बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधासहितको नयाँ शोरुम के. एम. इन्टरप्राइजेज महेन्द्रनगरको कन्चनपुर भासी–२ मा संचालनमा ल्याएको छ ।
एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले कँहि कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।
नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले भन्नुभयो, ‘हामी हाम्रा ग्राहकहरु निरन्तर बढिरहेकोमा निकै खुशी छौं । त्यसको लागि हाम्रा ग्राहकहरुलाई सहिरुपमा  संतुष्टिकासाथ सेवा प्रदान गर्नु हाम्रो उत्तरदायित्व हो ।

हाम्रो महेन्द्रनगरको कन्चनपुर भासी–२ मा रहेको नयाँ शोरुमको माध्यमबाट हाम्रो ग्राहकहरुका लागि एक कदम थप सहजता हुनुका साथै बजाज मोटरसाइकलहरुको अनुभव लिने अवसर हुने हामीले अपेक्षा गरेका छौं । हामी देशैभरी रहेका हाम्रा ग्राहकहरुलाई उच्चगुणस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । भगवानको कृपा र हाम्रा ग्राहकहरुको ख्यातीका साथमा हाम्रो भविश्य उज्वल रहेकोमा म विश्वस्त छु ।’ गोल्छाले भन्नुभयो  ।
नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी