काठमाडौं, माघ १५ ।
नेपाल टेलिकमले १०० रुपैयाँ दरका २० हजार ओटा रिचार्ज कार्डहरु हराएको जनाएको छ । टेलिकमले आज एक सूचना प्रकाशित गरी १०० रुपैयाँ दरका २० हजार ओटा रिचार्ज कार्ड आयातका क्रममा हराएको जनाएको हो ।
टेलिकमले सिरियल नम्बर १११६१०००८१६०००४ देखि १११६१०००८१६२०००० सम्मका २० हजार थान एनटी रिचार्ज कार्ड आयात गर्ने क्रममा हराएकाले उक्त कार्डहरु बन्द गरिएको जनाएको हो ।
टेलिकमले उक्त नम्बरका रिचार्ज कार्डहरु खरिद–बिक्री तथा प्रयोग नगर्न पनि आग्रह गरेको छ । यसबाट ग्राहकबर्गमा समस्या पर्न सक्ने भएकाले टेलिकमले सचेत रहन भनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline