स्थानीयको अवरोधले मोदीखोला पुल निर्माण कार्य ठप्प

स्थानीयको अवरोधले मोदीखोला पुल निर्माण कार्य ठप्प

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 19.7K
    SHARES

पर्वत, १५ माघ ।

स्थानियको अबरोधका कारण पर्वतको सदरमुकाम नजिकै रहेको मोदीखोलामा निर्माण हुन लागेको मोटरेबल पुलको निर्माण कार्य ठप्प भएको छ ।

दुई वर्ष्भित्रमा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरी काम अगाडि बढाइएको भएपनि स्थानियले बिरोध गरेपछि काम अघि बढ्न सकेको छैन ।
कुल रु तीन करोड ५० लाखको लागतमा मोदीबेनीमा निर्माण गर्न लागिएको पुल निर्माण गर्दा प्रसिद्ध ऐतिहासिक तथा पौराणिक स्थान मोदीवेनीमा रहेका मठ, मन्दिर, पाटीपौवा र वृद्धाश्रममा समेत क्षति पुग्ने भन्दै बिरोध गरेका छन् ।

उक्त ठाउँमा मोटरेबल पुल निर्माणले पुरातात्विक संरचना ध्वस्त हुने र मोदीबेनी धामको अस्तित्व समेत समाप्त हुने स्थानियको भनाई छ ।

प्रस्तावित नक्साङ्कन भएको ठाउँबाट करिब २०० मिटर पूर्वपट्टि मल्याङ्दी खोला नजिक पुल निर्माण गर्न मन्त्रालयमा समेत निवेदन दिएका थिए ।

पुलको लम्बाइ १४० मिटर र चौडाइ आठ मिटर रहने गरी ठेक्का सम्झौता भएको थियो । अहिले बन्न लागेको मोटरेबल पुलले मोदीबेनी धाममा केही असर नगर्ने बताउँदै पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले विकास निर्माणमा समेत राजनीतिक खिचातानी गर्ने परिपाटी हाबी गुनासो पोख्नुभयो ।

उक्त ठाउँमा पुल निर्माण सम्पन्न भए लोकमार्गले छोएका तथा नजिक पर्ने दर्जनौँ जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । अहिले कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–कुश्मा सडकखण्डको ट्र्याक खोल्ने काम भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी