अबदेखि कन्सुलर सेवा अब अनलाइनबाटै

अबदेखि कन्सुलर सेवा अब अनलाइनबाटै

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडाँै, १५ माघ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका नागरिकले कन्सुलर विभागबाट लिनुपर्ने विविध कानुनी सेवा अब अनलाइनमार्फत नै लिन सकिने भएको छ ।

परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले अबदेखि विदेशमा हराएका नागरिकको खोजतलास र उद्धार, विदेशमा मृत्यु भएकाको शव झिकाउने, मृतकका परिवार र घाइतेले पाउनुपर्ने क्षतिपूर्ति, अधिकृत वारेसनामाजस्ता सेवाका लागि अब अनलाइनबाटै आवेदन गर्न सकिने भएको हो ।

यी सेवाका लागि त्यस्ता व्यक्ति र उनीहरूका आफन्त स्वयम् विभागमा आई आवेदन गर्नुका साथै सो कार्य प्रगतिको सोधपुछका लागि समेत आफैँ उपस्थित हुनुपर्नेमा अबदेखि अनलाइनबाटै आवेदन गरी आफ्नो आवेदन कहाँ पुग्यो र के हँुदैछ भन्नेबारेमा घरैमा बसी जानकारी लिन सकिने छ ।

अनलाइनबाट यस्तो सेवाका लागि गरिएको सेवाग्राहीको आवेदन सम्बन्धित देशमा रहेका नेपाली नियोगमा पनि पुग्ने र यसबारेमा ती नियोग पनि सेवाप्रति जिम्मेवार हुनुपर्ने छ ।

सोसम्बन्धी अनलाइन सेवाको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले शुक्रजार कन्सुलर विभागमा शुभारम्भ गर्नुभयो । यस सेवाअन्तर्गत कामदारले आफ्ना कम्पनी या अन्य विषयमा गर्ने गुनासो र समस्याको पनि सुुनुवाइ हुने व्यवस्था गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी