माघ १८ मा चार्टर्ड एकाउन्टेन्टको प्रथम दीक्षान्त हुँदै

माघ १८ मा चार्टर्ड एकाउन्टेन्टको प्रथम दीक्षान्त हुँदै

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौँ, १५ माघ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आगामि माघ १८ गते चार्टर्ड एकाउन्टेन्टहरूको प्रथम दीक्षान्त समारोह आयोजना गर्ने भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने दीक्षान्त समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

संस्थाबाट उत्तीर्ण चार्टर्ड एकाउन्टेन्टलाई दीक्षित र सम्मान गरिने संस्थाका अध्यक्ष महेश खनालले बताउनु भयो ।

सो अवसरमा राष्ट्रको आर्थिक सुशासनका लागि चार्टर्ड एकाउन्टेन्ट्सहरूको योगदान, सम्भावना र चुनौतीबारे छलफल पनि हुने उहाँले बताउनु भयो ।

हाल चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विभिन्न तहमा करिब १५ हजार विद्यार्थीले यस शिक्षाको लागि आवेदन दिएका छन् । सो संस्थामा हाल एक हजारभन्दा बढी चार्टर्ड एकाउन्टेन्ट्स तथा सात हजारभन्दा बढी दर्तावाला लेखापरीक्षक सदस्य छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी