प्रधानमन्त्री कार्यालयद्वारा कतारमा अलपत्र तीन नेपालीको उद्दार

प्रधानमन्त्री कार्यालयद्वारा कतारमा अलपत्र तीन नेपालीको उद्दार

  • शुक्रबार, माघ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

माघ १४, काठमाडौं ।
प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्दार गरिएको छ ।

कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाका तिलक बिष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारी कार्तिकको तेस्रो साता वैदेशिक रोजगारीका लागि कतार गएका थिए ।

काठमाडौंको अवतार ह्युमन रिसर्च मेनपावर कम्पनिलाई प्रतिव्यक्ति २ लाख साठी हजार बुझाएर कतार पुगेका उनीहरु काम नपाएर बेरोजगार भएका थिए । तीन महिनासम्म काम नपाएपछि उनीहरुले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी उद्दारका लागि अनुरोध गरेका थिए ।

पीडितको अनुरोधपछि प्रधानमन्त्री कार्यालयले परराष्ट्र र श्रम मन्त्रालयसँग समन्वय गरी अलपत्र नेपालीलाई नेपाल झिकाउन कुटनीतिक पहल गरेको थियो ।

त्यसलगत्तै कतारमा रहेको नेपाली दुतावासले थप पहल गरी उनीहरु माघ ११ गते नेपाल आइपुगेका हुन् । नेपाल फर्काएपछि प्रधानमन्त्री कार्यालयले पीडितले मेनपावरमा भुक्तान गरेको पैसा फिर्ता दिलाउने पहल थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी